उपचाररत बिरामीमा कोरोना देखिएपछि पाल्पा अस्पताल शिल गरियो

0 1,433

पाल्पा । जिल्ला अस्पताल पाल्पामा उपचाररत बिरामीमा कोरोना पुष्टि भएपछि पाल्पा अस्पताललाई शिल गरिएको छ ।

गतसाता देखि अस्पतालमा भर्ना भई उपचार गराइहेकी तानसेन नगरपालिका वडा नं. ११ की ८२ बर्षिया महिलामा कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवाहरु आइतबार बेलुकी देखिनै बन्द गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा आइतबार मात्रै १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यी मध्ये १२ जना समुदाय स्तरका रहेका छन् । यो संगै पाल्पामा कोरोना संक्रमितको संख्या ६ सय ६ पुगेको छ । फ्ल्यास नेपालको सहयोगमा

Comments
Loading...