उपभोक्ता दिवसको अवसरमा पाल्पामा अन्र्तक्रिया

0 225

नेत्र गैरे । पाल्पा
बिश्व उपभोक्ता अधिकार दिवशको अवसरमा तानसेनमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले आयोजना गरेको कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्च पाल्पाका सचिव कमलराज तिमिल्सेनाले उपभोक्ता अधिकार दिवश बर्तमान अवस्था बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र प्रतुत गर्दै सचिव तिमिल्सेनाले नेपालमा उपभोक्ता अधिकारको बर्तमान अवस्था, उपभोक्ता ऐन, उपभोक्ताले ध्यान दिनुपर्ने कुराहरु, नेपाली खाद्य बजारमा हुनसक्ने मिसावट, बजारमा देखिएका चुनौती,उपभोक्ता हित बिरुद्धका क्रियाकलापमा उजुरी लिने निकायहरु, उपभोक्ता सचेत र जागरुक हुनुपर्ने प्रमुख बिषयहरु लगायतका बिषयबस्तुमा बताएका थिए । कार्यक्रममा उपभोक्ता मन्च पाल्पाका अध्यक्ष माधव नेपालले देशमा उपभोक्ता सचेत नहुनु, उपभोक्ताको आर्थिक अवस्था कमजोर हुनुका कारण गुणस्तरहिन बस्तु उपभोग गर्न बाध्य हुनु परेको बताए ।
उनले स्थानिय स्तरका उपभोक्तालाई सचेत गराउन आवस्यक रहेको बताए । पाल्पा व्यापार संघका अध्यक्ष चिरन्जीवी पोखरेलले उपभोक्ताको चेतनास्तर उठाउन स्थानिय सरकार, नागरिक समाज, संघ सस्थाहरु एक साथ लाग्नु पर्नेमा जोड दिएका थिए । पाल्पा उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष यादव सिह कार्कीले दिवश सर्व साधारणको कान र मनमा पुग्नेगरि मनाउन सकेमात्र सार्थक हुने बताए । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकिय अधिकृत यज्ञश्वर पन्थीले नागरिक एक आपसमा सबै उपभोक्ता हुने हुँदा उपभोग्य बस्तुको गुणस्तरियतामा सबैको चासो र सचेत हुनु आवस्यक रहेको बताए ।
कार्यक्रममा गैर सरकारी सस्ंथा महासंघका अध्यक्ष भेषराज तिमिल्सेना, तानसेन नगरपालिकाका सामाजिक बिकास शाखा अधिकृत भरत आचार्य, पत्रकार कृष्ण पोखरेल र बिष्णु घिमिरे लगायतले उपभोक्ता सम्वन्धी निति, कार्यक्रम र अनुगमनमा तालमेल मिल्नुपर्ने, सबै स्थानियतहमा अनुगमन आवस्यक रहेको, नियमित बजार अनुगमन आवस्यक रहेको लगायतका बारेमा अन्र्तक्रिया गरिएको थियो । कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख बालकृष्ण गैरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

Comments
Loading...