उल्टो पैदल यात्री तानसेनमा

0 363

पाल्पा । उल्टो पैदल यात्रीको रुपमा परिचय बनाउनुभएका ऋषि परियार तानसेनमा आउनुभएको छ । दाङ निवासी ३० वर्षीय ऋषि परियारले केही साताअघि ६२ दिन उल्टो हिँडेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको पैदल यात्रा गर्नुभएको थियो ।

परियार अहिले मुस्ताङसम्मको उल्टो पैदल यात्राका क्रममा पाल्पा आउनुभएको हो । बुटवलको पुष्पलाल चोकदेखि उल्टो पैदल यात्रा शुरु गरेको उहाँले बताउनुभयो । पाल्पा स्याङजा, पोखरा हुँदै मुस्ताङ जाने उहाँले बताउनुभयो । २५–२६ दिनमा मुस्ताङ पुग्ने योजना रहेको उहाँले बताउनुभयो ।

‘पर्यटन प्रबद्र्धनका लागि मुस्ताङसम्मको उल्टो पैदल यात्रा’ नाराका साथ यात्रामा निस्किएको उहाँले बताउनुभयो । मेचीमहाकाली उल्टो पैदल यात्रा सकेपछि गिनिज बुक अफ वर्ड रेकर्डका लागि प्रक्रिया शुरु गरिसकेको र वल्र्ड रेकर्ड राखेर नेपाललाई नै विश्वसामु चिनाउन चाहेको उहाँले बताउनुभयो ।
तस्बिरःनयाँधार

Comments
Loading...