एकल महिलालाई उद्यमशील बनाउँदै पाल्पाको रिब्दीकोट गाउँपालिका

0 282

पाल्पा । रिब्दीकोट गाउँपालिका पाल्पाले हरेक बर्ष एकल महिलाहरुलाई उद्यमशील बनाई स्वरोजगार बनाउने कार्यक्रमहरुलाई प्राथमिकता दिदै आएको छ । पालिकाले पालिका भित्रका ८ वटै वडाका महिलाहरूलाई झिनिया बनाउने तालिम दिनुका साथै रोटी बनाउने मेसिन बितरण गरेको छ ।

गाउँपालिकाले ८ वटा वडामा प्रति वडामा ९ वटाका दरले ७२ वटा झिनिया बनाउने मेसिन शत प्रतिशत अनुदानमा वितरण गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पवित्रा परियारले बताइन् । मेसिन वितरण गर्दै गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले रिब्दीकोट गाउँपालिकाले पालिका भित्रका एकल महिलाहरुलाई उद्यमशीलता तर्फ उन्मुख गराई उनीहरुलाई आयआर्जन उन्मुख गराउन पालिकाले सक्दो सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा पालिका उपाध्यक्ष लक्ष्मी खनालले एकल महिला उद्यमशिलताको यसप्रकारको कार्यक्रमले उनीहरुको आयआर्जनसँगै नेतृत्व विकासमा टेवा पुगेको बताइन् । कार्यक्रममा लेखा अधिकृत मन्जु पन्थी, शिक्षा अधिकृत मणि खनाल, कम्पुटर अपरेटर शिव जिसी लगायतको सहभागिता रहेको थियो ।

सोही अवसरमा लिला कुँवरको अध्यक्षतामा ११ सदस्यीय एकल महिला सञ्जाल समेत गठन गरिएको छ ।

Comments
Loading...