एमालेबाट उम्मेद्वार बनेपछि पत्रकार गैरेले दिनुभयो पत्रकार महासंघबाट राजिनामा

0 1,487

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पाका साधारण सदस्य पत्रकार ओमप्रकाश गैरेले बगनासकाली गाउँपालिका वडा नं. ५ दर्लमडाँडाको अध्यक्ष पदमा उम्मेद्वारीसँगै महासंघको साधारण सदस्यबाट राजीनामा दिनुभएको छ । गैरेले नेकपा एमालेबाट वडा नं. ५ दर्लमडाँडाको वडा अध्यक्षका लागि सोमवार उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

यसअघि पत्रकारिता तथा सामाजिक राजनीतिक क्षेत्रमा क्रियाशील गैरेले आफु वडा अध्यक्षको रुपमा प्रतिस्पर्धामा उत्रिएपछि महासंघको बिधान बमोजिम महासंघप्रति सम्मान प्रकट गर्दै साधारण महासंघको सदस्यबाट पनि राजीनामा दिएको बताउनुभयो । गैरे २०६५ सालदेखि पत्रकार महासंघ पाल्पा शाखाको सदस्यको रुपमा रहनुभएको थियो ।

उहाँले शाखा अध्यक्ष रेखीराम रानालाई आफ्नो पत्र पठाउनुभएको हो । गैरेको राजिनामा प्राप्त भएको रानाले बताउनुभयो । पत्रकारको रुपमा रहनुभएका गैरेले उम्मेद्वारी घोषणासँगै महासंघको बिधानलाई समेत ख्याल गरि राजिनामा दिनुभएको र उक्त कार्य स्वागतयोग्य रहेको शाखा सचिव यज्ञमूर्ति तिमिल्सिनाले बताउनुभयो ।

Comments
Loading...