एमाले तानसेन नगर कमिटिको बैठकले के के गर्यो त निर्णय ?

0 1,176

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तानसेन नगर कमिटी पाल्पाको बैठक तानसेनमा सम्पन्न भएको छ ।
बैठकले स्थानिय तह निर्वाचन २०७९ को समिक्षा गर्ने मुख्य एजेण्डाका साथ बसेको बैठकले कार्यकर्ताको भावनालाई आत्मसात गर्दै पार्टीलाई अनुसाशित र एकताबद्ध बनाउनेगरी निरन्तर अभियानमा लाग्ने निर्णय गरेको नगर कमिटि अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो ।

बैठकपछि नगर कमिटिले जारी गरेको प्रेस बिज्ञप्ति यसप्रकार छ ।
निर्वाचनको मैदानमा उत्रिएपछि हार जित हुन्छ । नेकपा एमाले सयौ निर्वाचन लड्दै कहिले हार र कहिले जितको नतिजा निकाल्दै आएकोले एमाले कार्यकर्ताहरु न हारमा आत्तिन्छन् न जितमा मात्तिन्छन् । परिणाम जे आउछ सहर्ष स्वीकार गर्छन् । मदन भण्डारीद्धारा प्रतिपादित सिद्धान्त जनताको बहुदलिय जनबादमा आस्था राख्ने नेकपा एमालेका सिपाहीहरु आवधिक निर्वाचन र सिर्जनात्मक माक्सबादको प्रयोगमा आस्था र विस्वास रहन्छ ।

निर्वाचनमा प्रतिष्पर्धीहरु अलोकतान्त्रिक र अप्राकृतिक पाँच दलिय गठबन्धन बनार्ई सक्ता र पैसाको बलमा साम दाम दण्ड भेद सबै हतकण्डा सहित आएको भएता पनि नेकपा एमाले एक्लै सुशासन, बिकास र सम्बृद्धीका मुद्दाहरु सहित तानसेनवासीको मन विश्वास जित्नेगरी अगाडी बढेको थियो । निर्वाचनमा भद्रता प्रस्तुत गरेर न्यूनतम सामाजिक मानक नछाडेर अस्वस्थ प्रतिस्पर्धा नगरेर पनि हामीले सत्ता पक्षको हर प्रकारको हतकण्डाहरु चिर्दै नेकपा एमलेको पक्षमा सम्मानजनक मत प्राप्त भएकोमा आदरणीय तानसेनबासी दाजुभाई दिदिबहीनीहरुलाई यो बैठक धन्यबाद ज्ञापन गर्दछ । तानसेनको बिकास र सम्बृद्धीको यात्रालाई नेकपा एमालेले अझ उचाईबाट अगाडी बढाउने दृढता व्यक्त गर्दछ । उक्त बिज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनमा अहोरात्र खट्नुभएका पार्टी नेता कार्यकर्ता र शुभेच्छुकहरुमा बैठक धन्यवाद ज्ञापन गर्दछ । वडा नं. ८,९,१० र १४ मा वडा अध्यक्ष र प्यानल सहित सदस्यहरुमा निर्वाचित कमरेडहरुलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मान गरियो । बिजेता जनप्रतिनिधीहरुको नेकपा एमाले तानसेन नगर संसदीय दल निर्माण गरी नगरको बिकास र निर्माणको कामलाई थप व्यवस्थित र प्रभावकारी बनाइने छ भने उपबिजेता कमरेडहरुले आफ्नो भुगोलमा रही आफ्ना मतदाताको संरक्षण सहित जनताको हितको पक्षमा र वडा सरकारमा शसक्त प्रतिपक्षको भुमिका निर्वाह गर्न आग्रह गर्दछ । उक्त बिज्ञप्तिमा उल्लेख छ ।

बैठकको अन्त्यमा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष क. राधाकृष्ण कंडेल, पाल्पा जिल्ला अध्यक्ष क. धनेन्द्रराज घिमिरे, लुम्बिनी प्रदेश सचिवालय सदस्य क. नारायण प्रसाद आचार्यले सम्बोधन गर्दै पाल्पामा मतदाताले एमालेलाई विस्वास गरेर मतदान गरेकाले नेकपा एमाले एक्लै बहुमतका साथ जिल्ला समन्वय समिती निर्माण गर्ने र आउदो प्रदेश र संघिय निर्वाचनमा गठबन्धनका बिरुद्ध एक्लै जित हासिल गर्ने बताउनुभएको नगर कमिटि अध्यक्ष गुरास आत्रेयद्धारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

Comments
Loading...