एनआरएनए केन्याको पाँचौ राष्ट्रिय महाधिबेशन सम्पन्न, अध्यक्षमा गैरे

0 782

केन्या । गैर आवासिय नेपाली संघ (एनआरएनए ) केन्याको पाचौ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

राष्ट्रिय समन्वय परिषद केन्या का उपाध्यक्ष सिवलाल अधिकारीको सभापतित्व एवं केन्याको लागि नेपालका अवैतनिक महावाणिज्यदूत जिम्मी अस्करको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए)पुर्व सदस्य यादव काफ्ले, संस्थापक अध्यक्ष एवं केन्द्रिय निर्वाचन पर्यवेक्षक कुल बहादुर कार्कीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एनआरएनए केन्याका कोषाध्यक्ष यज्ञमणि रेग्मी (भरत) ले स्वागत मन्तव्य राखेका थिए । संस्थाको २०१९÷२०२१ को बार्षिक प्रतिबेदन समितिका महासचिब टिका धितालले पेश गरेका थिए । कोषाध्यक्ष यज्ञमणि रेग्मी (भरत) ले आर्थिक प्रतिबेदन पेस गरेका थिए । कार्यक्रममा सागर भण्डारी विभोरले मिठा मिठा गजल र गंगा बस्यालले कोरोना सम्बन्धि कबिता सुनाएका थिए । उक्त कार्यक्रममा अतिथि एनआरएनए , एनसिसि ईराक का पुर्व अध्यक्ष तथा एनसिसि केन्याका सल्लाहकार खेम पौडेलले आफ्नो मन्तब्य राखेका थिए ।

पुर्व अध्यक्ष कृष्णदत्त भट्टको संयोजकत्वमा निर्वाचन समिति संयोजक रहेको रहेको थियो जसको सदस्य उदय प्रकाश हाडा र यादव काफ्ले रहेका थिए । निर्वाचन संयोजक भट्टले नयाँ कार्य समितिलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । प्रमुख अतिथि जिम्मि अस्कर, बिशेष अतिथि कुलबहादुर कार्की र यादव काफ्लेले नयाकार्य समितिलाई शुभकामना दिएका थिए । कार्यक्रममा अतिथिहरु कृष्ण दत्त भट्ट र खेम पौडेलले नयासमिति लाई एक भएर टिम वर्क का साथ अगाडि बढ्ने सल्लाह दिदै बधाई तथा शुभकामना दिए । त्यस्तै बैठकले संरक्षकमा कुल बहादुर कार्की र उदय प्रकास हाडा तथा सल्लाहकारमा खेम पौडेल, कृष्ण दत्त भट्ट र यादव काफ्लेलाई चयन गरेको छ । कार्यक्रमको सञ्चालन महासचिव टिका धिताल गरेका थिए ।

आगामी २०२३ सम्मको कार्यसमितिको आईसिसि सदस्यमा टिका धिताल, अध्यक्षमा कृष्ण प्रसाद गैरे, उपाध्यक्ष सिवलाल अधिकारी, महिला उपाध्यक्षमा लक्ष्मी बुलन, महासचिवमा यज्ञमणि रेग्मि (भरत, सचिवमा सुरेस मोर, कोषाध्यक्षमा रवि जैन, महिला संयोजकमा मिरा गिरी र युवा संयोजकमा कमल अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरुमा बिस्णु भुसाल, गणेश कामी, प्रभाकर भण्डारी, राजन अधिकारी, राजेश पाठक, रेवत श्रेष्ठ र लक्ष्मण गैरे रहेका छन् ।

Comments
Loading...