कर्मचारीमा कोरोना देखिएपछि कर कार्यालयको सेवा स्थगित 

0 591

पाल्पा  । एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला स्थित करदाता सेवा कार्यालयको अत्याबश्यक बाहेक अन्य सबै सेवा स्थगित गरिएको छ ।

कार्यालयले एक सूचना जारी गरि  आफ्नो कार्यालयको एक जना कर्मचारी कोरोना संक्रमित भएकोले सेवा प्रदायक कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै अनलाईन र मेलबाट हुन सक्ने काम तथा अत्यावश्यक काम गर्नेगरी अन्य सेवा स्थगित गरिएको जनाएको छ । अन्य कर्मचारीहरुको पनि रिपोर्ट नआउञ्जेलसम्मका लागि सेवाप्रवाह स्थगित गरिएको कार्यालयले जनाएको छ ।

Comments
Loading...