कालीगण्डकी डाइभर्सन मान्न तयार छैनौंः पुर्वमन्त्री राना

0 461

पाल्पा । पुर्वमन्त्री एवम् पाल्पा १ का सांसद दल बहादुर रानाले कालीगण्डकी डाइभर्सन मान्य नहुने बताएका छन् । सरकारले बजेट मार्फत ल्याएको कालीगण्डकी डाइभर्सनले तल्लो तटिय क्षेत्रको योजना र समस्यालाई असर पार्नेगरी गर्न खोजिए मान्य नहुने उनले बताए ।

राम्दी देखी देबघाटसम्मको तल्लो तटिय क्षेत्रमा रहेको त्यहाँका जनताको आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक महत्वका क्षेत्रमा असर पर्ने गरी गर्न खोजिएको गालीगण्डकी डाइभर्सन आफ्ना निम्ती मान्य नभएको रानाले बताए ।

उनले देवघाट राम्दी जल यातायात संचालन गर्ने आफ्नो पहिलो प्राथमिकता भएको र यसले राम्दी मुनिका कालीगण्डकी बेशीका जनताको आर्थिकस्तर र पर्यटन प्रवद्र्धनमा ब्यापक परिवर्तन ल्याउनेमा आफु बिस्वस्त रहेको बताए । राम्दी देखि देवघाटसम्म रहेका कालीगण्डकी बेशीका लाखौ रोपनी जग्गामा कालीगण्डकीको पानी लिफ्ट गरी सिचाई सुविधा पुर्याएर कृषि उत्पादन बृद्धि गर्ने र पाल्पा स्याङ्जा तनहुँ र नवलपरासीको गण्डकी बेशी भेगको खानेपानी अभाव भएको ठाउँमा कालीगण्डकी नदीको पानी लिफ्ट गरेर एक घर एक धारा खानेपानी सुविधा दिने गरि सरकारले पिछडिएको भेगको बिकासमा गुणात्मक फड्को मार्ने किसिमले बिशेष ध्यान पुर्याउने गरि गण्डकीबेसी बिकास को गुरु योजना बनाएर अघि बढ्ने अपेक्षा र माग समेत गरिरहेको अवस्थामा उल्टै कालीगण्डकी तिनाउ डाइभर्सन गरेर हाल भएको स्रोत नै समाप्त पार्ने, र प्रति सेकेन्ड ८२ घनमिटर पानी लैजानेगरी आयोजना निर्माण गर्न लागिएकोमा चिन्ता र आश्चर्य लागेको उनले बताए ।

साथै आफ्नो क्षेत्रका जनताको चाहना र माग पुरा गराउन अग्रपङ्तीमा रहेर प्रयास र संघर्ष गर्ने कुरा समेत प्रतिवद्धता जनाउँदै उनले आफु सदैव जनताको साथमा रहने बताए ।

Comments
Loading...