कुसुमखोलाका नारायणलाई उपचार सहयोगार्थ रकम हस्तान्तरण

0 607

पाल्पा । जागौं नेपाल राष्ट्रिय अभियान प्रवास समिति मार्फत संकलित रकम हस्तान्तरण गरिएको छ अभियानका प्रवास प्रमुख सन्तोष तिमल्सिनाको नेतृत्वमा संचालित “आफू बचौं,अरुलाई बचाऔं, पुन्य कमाऔं“ भन्ने उद्देश्यका साथ चालेको मानवीय सेवा सहयोग अभियान अन्र्तगत संकलित रकम हस्तान्तरण गरिएको हो ।

रिब्दीकोट गाउँपालिका –६ कुसुमखोला पाल्पका स्व.तिलकबहादुर पुन मगरको छोरा ४० बर्षीय नारायण बहादुर पुनको लामो समयदेखि पक्षघात (प्यारालाइसिस ) भई ओम कालिका होमियो फार्मेसी बुटवलमा उपचार भइरहेकोमा उनको उपचार सहयोगार्थ २० हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरिएको छ ।

जागौँ नेपालका लुम्बिनी प्रदेश सचिवव निरु गैरे, वडा अध्यक्ष कृष्ण थापा साथै समाजसवी वसन्तराज अर्याल लगायतले उक्त रकम पिडितको घरमै पुगेर हस्तान्तरण गरे । उनको उपचार सहयोगार्थ रकम संकलन अभियानमा  जागौ नेपाल केन्द्रिय संयोजक दिपक आचर्य , सचिव ज्ञानु आचर्य सहसंयोजक शिब बस्ताकोटी लगायतले सहयोग गरेका थिए । रकम हस्तान्तरणको सहजीकरण राजु पराजुली, अर्जुन घिमिरेले गरेका थिए ।

जागौ नेपाल अहिले बिश्वका १७ वटा देशमा संचालित छ । जागौ नेपालले नेपालमा यो भन्दा अघि सल्यान गोर्खा कास्की लम्जुङ हाम्रो टिम नेपाल संस्थालाई सहयोग गरेको छ भने जनमैत्री अस्पताल सञ्चारकर्मी रबि लामिछाने फाउण्डेसनलाई पनि रकम सहयोग गरेको बताइएको छ ।

Comments
Loading...