कृषिबाटै नाम दाम कमाउँदै कँडेल दम्पती

0 830

चुरामणी तिमिल्सिना । रुरुधाम (गुल्मी)
कृषि पेशाबाट गाउँ बसेर मनग्ये आम्दानी लिन थालेपछि गुल्मी छत्रकोट गाउँपालिका वडा नं. ४ का अगुवा किसान रामकृष्ण कंडेल उत्साही भएका छन् ।

माध्यमिक तहको पढाई पुरा गरि रोजगारीको सिलसिलामा भारत पसेका कंडेलले भारतमै करिव ७ महिना भाडा माझ्ने काम गरेका थिए । यसरी परदेशमा दुःख गर्नुभन्दा गाउँ केही गर्न सकिन्छ भन्ने सोच सहित घर फर्केका कंडेलले अहिले कृषि मार्फत नाम दाम कमाएका छन् ।

२०७२ सालमा सम्झना फलफूल तथा कफी नर्सरी फर्म दर्ता गरि आफ्नो ब्यवसाय सुरु गरेका कंडेलले कृषि मार्फत नै आफ्नो सफल दैनिकी बिताउंदै आएका छन् । कंडेलको वारी र टनेलमा गरि अहिले २५ हजार कागतीका बिरुवा, ३० हजार सुन्तलाका बिरुवा रहेका छन् । त्यस्तै टमाटर, खुर्सानी , करेला, फुल काउली,लसुन, आलु, गोभी ,लौका , सिमि बोडी लगायतका तरकारीबाट बार्षिक २० लाखसम्म कमाइ हुने उनले बताए ।

उनी मात्रै हैन उनका भाई लक्षमण कंडेल पनि कृषिमै रहेका छन् । रामकृष्णले पुरानै प्रविधि अपनायर खेती गर्दा पनि आफूले सन्तोषजनक रुपमा आम्दानी लिन सफल भएको बताए । यहाँ उत्पादन भएको कर्कला देखि मसेउरा सम्म सबै हरिया साग पैचो पसलले घरमा आएर लैजादा आफुलाई ढुवानीको समस्या नभएको किसान दाजुभाईको भनाई छ ।

उनको फम अबलोकन गर्न तथा उत्पादन गर्ने तौर तरिका बुझनका लागि विभिन्न ठाउँहरुबाट किसानहरु आउने गरेका छन् । बजारी मलको प्रयोग नगरी घरायसी मल प्रयोग गरेर सिचाइको राम्रो सुबिधा मिलाएर काम गर्दा अरु किसानहरुले पनि पाठक सिकेर जाने गरेको रामकृष्णकी पत्नी संगीता कंडेलले बताइन् ।

आफ्नो कृषि कर्ममा गाउँपालिका तथा कृषि ज्ञान तम्घासले पनि सहयोग गरिरहेको र पैचो पसलले प्राबिधिक सहयोग समेत प्रदान गरिरहेको उनले बताए । छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष नर्मदा भण्डारीलेले बिदेशबाट फर्केका युवाहरुलाई देशमै उद्यमशील बनाउदै अगाडि बढाउन पालिकाको तर्फबाट आर्थिक तथा प्राविधिक सहयोग रहंदै आएको बताइन् ।

Comments
Loading...