कृषिबाटै मनग्ये आम्दानी लिदै श्रृंगाकी लक्ष्मी

0 213

चुरामणी तिमिल्सिना । (रिडी )

गुल्मी जिल्लाको श्रृंगाकी लक्ष्मी कंडेलले कृषि पेशाबाट मनग्ये आम्दानी लिदै आएकी छिन् । बिगत केही वर्ष देखि कृषि पेशामा आफ्नो दैनिकी बिताउंदै आएकी लक्ष्मीले कृषिबाटै नाम दाम कमाउन थालेपछि थप उत्साही समेत भएकी छन् ।

कंडेलले अहिले सम्म कृषि तालिम नलिए पनि परम्परागत कृषि बाटै मासिक रुपमा मनग्ये आम्दानी गर्दै आएकी छन् । उनले आफ्नै बारीमा मौसमी तथा बेमौसमी तरकारी लागयत विभिन्न खाद्यबालीहरु उत्पादन गरि बिक्री बिक्री गर्दै आएकी छन् ।

उनले मौसम अनुसार बन्दा,काउली, अकबरी खुर्सानी, सिम्ला, हरिया साग सब्जी, करेला तथा काक्राको उत्पादन गर्दै आएकी छन् । त्यस्तै कागती मौसम मकैबाट पनि राम्रो आम्दानी लिदै आएको लक्ष्मीको भनाइ छ ।

यो सिजनमा टमाटर मकै काक्रा सिमि, बोडी,खुर्सानी इस्कुस तथा राम भेडा, अमिलोबाट झण्डै २ लाख ५० हजारको कारोबार भएको उनले बताइन् । लक्ष्मीले दैनिक २ घण्टा मात्र आफ्नो टनेलमा काम गर्ने र अन्य समय घरको काममा बिताउने गरेको बताइन् । तर पनि यो पेशाबाट आफु खुशी रहेको उनले बताइन् ।

शिक्षण पेशासंगै उनका श्रीमान् पशुपति कंडेलले पनि उनको काममा सघाउ“दै आएका छन् । आफुहरुले उत्पादन गरेको कृषि जन्य सामग्री पैंचो पसलले लैजाने गरेको र बिक्रीका लागि कुनै समस्या रहेको उनको भनाई छ । लक्ष्मीको परिवारमा १ छोरा १ छोरी सासु ससुरा र श्रीमानसंगै रहेका छन् ।

उनलाई घरको काममा सबैले सक्दो सहयोग समेत गर्दै आएका छन् आफू यस पेशाले आत्म निर्भर मात्र नभई बैंक खातामा केही रकम समेत जोडदै आएको कंडेलले बताइन् । लक्ष्मीले आफ्नो घरमा २ भैंसी समेत पाल्दै आएकी छन् ।  वार्षिक रुपमा दूध तथा घिउबाट पनि आम्दानी लिन सफल भएको साथै घरेलु उद्योग तम्घासबाट आफुले १ सानो कुटानी पिसानी मेसिन पनि प्राप्त गरेको र प्राय गरी आफैले चलाउने गरेको उनले बताइन् ।

उनले आफू जस्तै सयौं दिदी बहिनीहरुलाइ विदेश हैन नेपाली माटोमा गरेर खान सिक भन्ने शन्देश दिएकी छन् । गाउ“पालिका सहित सहयोगी निकायले आफुहरुलाइ थप सहयोग गरेमा अझै कृषि पेशा प्रति थप लगावका साथ काम गर्ने उनको योजना छ ।

Comments
Loading...