कोभिडले ज्यान गुमाउनेका परिवारलाई बगनासकालीले २५ हजार राहत दिने

0 289

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको परिवारको लागि जनही २५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

बगनासकाली गाउँपालिकाले कोरोना संक्रमणको दोश्रो लहरमा ज्यान गुमाउनेहरुको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गर्ने भएको हो । बुधवार बसेको बगनासकाली गाउँकार्यपालिकाको वैठकले कोरोनाका कारण ज्यान गुमाउने बगनासकालीका नागरिकहरुको परिवारलाई सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।

कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको परिवारलाई राहत दिन नगद सहयोग गर्ने निर्णय भएको अध्यक्ष बस्ष्यालले बताए । “गाउपालिकाले बाचुन्जेल त सहयोग गरेको नै छ, ज्यान गुमाइहालेपनि परिवारलाई शव ब्यवस्थापनको लागि राहत होस भनेर २५ हजार दिने निर्णय गरेका हौं ।” अध्यक्ष बस्याल भने । गाउँकार्यपालिका वैठकले उपाध्यक्ष सरस्वती चिदी, योजना शाखा प्रमुख भरत घिमिरे र सम्पूर्ण कोरोना संक्रमणबाट जुधिरहेकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय भएको प्रवक्ता लक्ष्मी अधिकारीले बताए । बगनासकाली गाउपालिकामा कोरोना संक्रमणको पहिलो लहरमा ७ जना र दोश्रो लहरमा ९ जनाको ज्यान गएको छ ।

Comments
Loading...