कोरोनाले थलिएको पर्यटन (सम्पादकीय)

0 161

कोरोना महामारी कायमै छ । चैत देखि कोरोनाका कारण सबै क्षेत्र प्रभावित भएको छ । कोरोनाका कारण प्रभावित शैक्षिकहरु क्षेत्र अव बिस्तारै सञ्चालन हुने तयारीमा छन् । स्थानीय तहहरुले समेत स्वास्थ्य मापदण्ड पुरा गरि बिद्यालय संचालन गर्न निर्देशन दिएका छन् । जिल्ला सदरमुकाम तानसेन सहित बिभिन्न पालिकाका बिद्यालयहरु संचालनमा आउन थालेका छन् । कोरोना महामारीका कारण चपेटामा परेको अर्को क्षेत्र पर्यटन क्षेत्र पनि हो । नेपाल पर्यटन बर्ष सुरु हुँदै गर्दा भित्रिएको कोरोनाले अन्तत पर्यटन बर्ष नै स्थगित गर्न बाध्य गरायो । यदि कोरोना महामारी नभएको भए र पर्यटन बर्ष चलिरहेको भए अहिले देशमा पर्यटकीय गतिबिधिहरु निकै बढी हुने थिए । देश बिदेशका पर्यटकहरुको चहलपहल हुन्थ्यो ।

पाल्पा पनि आफैमा पर्यटकीय जिल्ला हो । यहाँ आन्तरिक र बाह्य दुबै क्षेत्रका पर्यटक आउन मन पराउछन् । सहज बाताबरण भएको भए पाल्पामा अहिले पर्यटकीय चहलपहल देखिन्थ्यो । तर कोरोना महामारी सुुरु भएदेखि नै अहिलेसम्म पनि पाल्पामा पर्यटन सुन्य जस्तै छ । यो बीचमा ठुला होटल तथा ब्यवसाय पनि खुले तर उनीहरुले खास ब्यवसाय नै गर्न पाएनन् । अहिले करोडौ लगानी गरि आफ्नै भवनमा सञ्चालन भइरहेका देखि घर भाडामा लिएर होटल चलाइरहेका सबै अप्ठेरोमा छन् । तानसेनमै पनि कतिपय साना होटलहरु त बन्द भइसके । उनीहरुले टेबुल कुर्सी बेचेर गाउँ फर्किए । अहिले पनि ब्यवसायी पलायन हुने क्रम जारी नै छ ।

चपेटामा परेको पर्यटन क्षेत्र यही चाल हो भने छिटै उठ्ने सम्भावना देखिदैन । उनीहरु बैंक ब्याज कसरी तिर्ने, घरभाडा कसरी तिर्ने भन्ने चिन्तामा छन् । होटल ब्यवसाय केही रुपमा खुलेपनि सेवाग्राही पटक्कै छैनन् । मानिसहरु होटलमा खाने बस्ने गरि बिरलै मात्रै निस्केका छन् । यसकारण पनि होटल ब्यवसायमा चहलपहल हुने कुरै भएन । यसकारण पनि अव सरकारले पर्यटन ब्यवसायीहरुको यही ब्यवसायमा टिकिरहने बाताबरण बनाउनका लागि उनीहरुका लागिम सहयोगको कार्यक्रम ल्याउनुपर्छ । ब्यवसायीहरुले कारोबार भएको समयमा सरकारलाई पर्याप्त कर तिरेका छन् । तर अहिले उनीहरु स्वयम् नै अप्ठेरोमा भएकोले सरकारले पुर्ण सहयोग गर्नुपर्छ । उनीहरुलाई कुर छुट पुर्ण रुपमा दिई, ब्याज मिनाहा र आवश्यक ऋण सहुलियत ब्याजमा उपलब्ध गराउन सक्नुपर्छ । यदि त्यसो गर्न सक्ने हो भने उनीहरुलाई पलायन हुनबाट रोक्न सकिन्छ ।
पाल्पा समाचारपत्र बर्ष १० अंक २१ को सम्पादकीय

Comments
Loading...