कोरोना संक्रमित र कुरुवालाई निःशुल्क खाना

0 466

पाल्पा । पाल्पा स्थित गैर सरकारी संस्था सामाजिक स्रोत विकास केन्द्र नेपाल (एसआरडिसिएन) ले युनाइटेड मिसन अस्पतालमा रहेका कोरोना संक्रमित उनीहरुका कुरुवाहरुको लागि निशुल्क खाना खुवाउन थालेको छ ।

कोरोनाका कारण अस्पतालमा भर्ना भएका विरामीहरु र कुरुवाहरुको लागि १ महिना सम्म खाना खुवाउने प्रवन्ध संस्थाको तर्फबाट मिलाएका संस्थाका कार्यकारी निर्देशक चोपलाल गिरीले बताए । अस्पताल भित्रै रहेको क्यान्टिनबाट सबै विरामीहरुलाई एक दिनको ४ सय रुपैयाँसम्मको खाना खर्च संस्थाले तिरेर खाना खाने व्यवस्था मिलाइएको उनले बताए । कोरोना संक्रमितहरुलाई होटलहरुले पनि खाना खुवाउन डराउने र कुरुवाहरु वाहिर खानाको व्यवस्था गर्न निस्कदा कोरोना संक्रमण बढ्न सक्ने भएकोले यो प्रवन्ध मिलाएको उनले बताए ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर सारुले यो महासंकटको वेला कतिपय आर्थिक रुपमा पनि कमजोरहरु हुनुहुन्छ, मानविय नाताले र कोरोना संक्रमण थप नफैलियोस भन्ने हिसावले संस्थाले खाना खाने व्यवस्था मिलाएको बताए ।
अहिले मिसन अस्पतालमा १७ जना कोरोना संक्रमितहरु र १७ जना विरामी कुरुवा गरी ३४ जनालाई खाना खाने व्यवस्था मिलाइएको छ । त्यस्तै रैनादेवी छहरा गाउँपालिकाले संचालन गरेको कोरोना अस्पतालमा पनि सोही संस्थाले खानाको प्रवन्ध मिलाएको जनाएको छ ।

Comments
Loading...