गल्याङबाट लाइन जोडियोे, अव पाल्पामा लामो समय बिजुली समस्या हुँदैन

0 3,048

पाल्पा । पाल्पाको मुख्य समस्या नै बिजुली हो । यहाँ २४ घण्टासम्म लगातार बिजुली गएका धेरै उदाहरण छन् । छिनछिनमै आउने जाने यहाँको मुख्य समस्या नै हो । बुटवलको प्रशारण लाइनमा समस्या हुनासाथ बिद्युत आपूर्ति बन्द हुने गरेकोमा बैकल्पिक प्रशारण लाइन गल्याङ्बाट लाइन जोडिएपछि समस्या समाधान हुने भएको छ । यो लाइन जोडिएको प्राधिकरणले जनाएको छ ।

खासगरि वर्षातको समयमा दोभान क्षेत्रको जंगलको लाइनका कारण पाल्पाका विद्युत उपभोक्ताहरु हैरानी परेका थिए । अन्य समयमा पनि समस्या उस्तै थियो ।

पटक पटक लाइन जाने र जहिले पनि बुटवलबाट गएको भन्नुपर्ने अवस्था अब नआउने विद्युत कार्यालय पाल्पाका प्रमुख इन्जिनियर सुशील पौडेलले बताए । पहिले पाल्पा बुटवल क्षेत्रको जंगलमा समस्या भएमा गल्याङ्बाट लाइन ल्याउने गरिएको थियो तर पछिल्लो एक दशक यता यो संचालनमा रहेको थिएन । त्यसले गर्दा पाल्पामा विद्युतको समस्या पटक पटक हुने गरेकोमा अव समस्या समाधान हुने बिश्वास गरिएको छ ।

Comments
Loading...