गाउँबाटै चल्यो कृषि एम्बुलेन्स, किसान खुशी
पाल्पा । गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा आएपछि स्थानीय किसानहरु खुशी भएका छन् ।
गाउँपालिकाका किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको उचित बजारीकरणका लागि यसप्रकारको कृषि एम्बुलेन्स संचालनमा ल्याएको पालिका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताए । हप्ता दिन अघिबाट नै कृषि एम्बुलेन्स सञ्चालन गर्ने गाउँपालिकाको तयारी भएपनि करिडोर सडकको ठाउँठाउँमा गएको पहिरोले केही दिन ढिला हुन गएको उनले बताए । सामाजिक सञ्जालमा लिचि बिकेन भनेर हल्ला आए जस्तो यर्थाथमा त्यस्तो नभएको भन्दै हुँगीबासीको लिचि घरघरबाटै बिक्रि भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।
रम्भाबासी विशेष गरि हुँगी,अर्सेदी क्षेत्रमा बढी उत्पादन हुने लिचिको उचित मुल्य सहितको बजारीकरण कुनै समस्या नभएको भन्दै लिचि कसको कुन घरको बिक्री नभएको हो हामीलाई जानकारी गराउन आग्रह गर्दछु, अध्यक्ष भण्डारीले भने । किसानले वर्ष भरी मेहनत स्याहार सुसार गरि जोगाएर फालाएको लिचिको प्रर्वद्धनमा गाउँपालिका संवेदनशिल रहेको भन्दै लिचिको निर्धक्क राम्रो मुल्य सहित बिक्रि गर्ने ग्यारेन्टी गाउँपालिकाले लिने भन्दै चिन्ता नलिन अध्यक्ष भण्डारीले आग्रह गरे ।
रम्भा गाउँपालिका वडा नं १ अर्सेदीमा एक कार्यक्रमको आयोजना गरि सुरु गरिएको कृषि एम्बुलेन्स कार्यक्रममा पालिकाको विभिन्न बजार क्षेत्रमा लगेर किसनाको उत्पादनलाई विक्रि गर्ने लक्ष्य पालिकाले लिएको छ । हेफर इन्टरनेश्नल र उपहार समाजिक उद्यमी महिला सहकारी संस्था लि.को सहकार्यमा कृषि एम्बुलेन्स कार्यक्रम सुरु गरिएको हो ।
गाउँघरमा फालिएर खेरा गएको सागसब्जी,तरकारी,फलफूल लगायको कृषि उत्पादनको घरबाट नै बिक्रि भई राम्रो मुल्य पाउँदा कृषिप्रति हौशला थपिएको रम्भा १ हुँगीकी कृषक कुबिजा बस्याल अर्यालले बताइन् । गत वर्ष समेत कृषि एम्बुलेन्स मार्फत खेतबारीबाटै कृषि उपजको बिक्रि हुँदा स्थानिय सरकार रम्भा गाउँपालिकाले कृषि एम्बुलेन्स सुरु गरेर राहत मिलेको कृषक अर्यालको भनाई छ । निषेधाज्ञा बाहेकको समयमा उत्पादको बिक्रिको लागि छिमेकी जिल्लाको मालुङ्गगा,गल्याङ्ग लगायतको बजारमा डोकोमा बोकेर लैजानुपर्ने बाध्यता रहेकोमा निषेधाज्ञाको समयमा कृषि एम्बुलेन्स सुरु हुँदा घरघरबाटै उत्पादनले बजार पाउँदा राहात मिलेको कृषक अर्यालले बताइन् ।
रम्भाले गत बर्षपनि यसैगरि कृषि एम्बुलेन्स सुरु गरेको थियो । कृषको माग र उनीहरुलाई कृषि कर्ममा निरन्तरता प्रदान गरि हौशलाको लागि कृषि एम्बुलेन्स प्रभावकारी भएको वडा नं १ हुँगीका वडा अध्यक्ष कृष्ण प्रसाद रेग्मीले बताए । सुनिल कार्कीको सहयोगमा