गाउँमै आइसोलेसन बनेपछि कोरोना संक्रमितलाई राहत

0 863

पाल्पा । बगनासकाली गाउँपालिकाले पालिकाको वडा नं. २ पोखराथोकमा संचालन गरेको आइसोलेसनबाट यस क्षेत्रका कोरोना संक्रमितहरु लाभान्वित भएका छन् । यहाँ उपचाररत संक्रमितहरुले गाउँपालिकाले निर्माण गरेको यो आइसोलेसनले आफुहरुलाई धेरै राहत मिलेको बताएका छन् ।

दोस्रो चरणको कोरोना फैलिन थालेपछि निर्माण गरिएको उक्त आइसोलेसनमा अहिलेसम्म ९ बिरामी भर्ना भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मणिराम अधिकारीले बताए । जसमध्ये ३ जना निको भएर घर फर्केका छन् । २ जनालाई अन्यत्र रिफर गरिएको छ । अन्य उपचाररतको अवस्था सामान्य रहेको बताइएको छ । १ जना जेष्ठ नागरिक अन्तिम अवस्थामा आइसोलेसनमा आएको बचाउन नसकिएको बताइएको छ ।

आइसोलेसनमा मेडिकल अफिसर नपाई रहेको अवस्थामा तानसेनबाट मेडिकल अफिसर डा झपेन्द्र ढकालले प्रत्यक्ष अप्रत्यक्ष रुपमा पूर्ण सहयोग गर्दै आएका छन् । उनले बिरामीका लागि बिभिन्न परामर्श समेत दिदै आएका छन् ।

बगनासकाली गाउँपालिकाको स्वास्थ्य शाखाले कोभिड संक्रमण फैलिएसँगै रचनात्मक काम गर्दै आएको छ । समुदाय स्तरमा समेत कोरोना परीक्षण गरिदै आएको छ । यहाँका स्वास्थ्य शाखा संयोजक सहित स्वास्थ्यकर्मीहरु प्रतिनिधि तथा कर्मचारीहरु समेत कोरोना संक्रमितहरुलाई भेट गरि समस्याबारे जानकारी लिनुका साथै उचित परामर्श दिनुका साथै आवश्यक सहयोग गर्दै आएका छन् ।

Comments
Loading...