गाउँ पस्यो कोरोना, फैलन नदिन टोल टोलमा शिल

0 924

पाल्पा । जिल्ला बिभिन्न गाउँहरुमा समुदाय स्तरमा कोरोना देखिएपछ सतर्कताका लागि सम्वन्धित गाउँ र टोललाई शिल गर्न थालिएको छ । बगनासकाली गाउँ पालिका ७ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि बगनासकाली ७ र ८ का विभिन्न क्षेत्र हिल गरिएको छ ।

स्थानीय स्तरसम्म संक्रमण फैलिन सक्ने भन्दै बगनासकाली गाउँपालिकाले सोमबार बेलुकी ५ बजेदेखि लागू हने गरी देउराली सहित वडा कार्यालय आसपासका क्षेत्र सिल गरेको बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए । बगनासकाली ८ को देउराली बजार सहित न्यौपानेडांडा खानीगांउ कमेरे हुँदै दोबाटो सहित ७ को वडा कार्यालय भित्रको क्षेत्र शिल गरिएको हो । अर्को सूचना जारी नहुँदासम्म ती क्षेत्र शिल गरिएको प्रमुख प्रशसाकीय अधिकृत श्रेष्ठद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै जिल्लाको माथागढी गाउँपालिकाले वडा नं १ को केही क्षेत्रहरू शिल गर्ने निर्णय गरेको छ । सो क्षेत्रमा समुदायस्तरमा एक जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि शिल गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए । वडा नं. १ को पुर्वमा थुम्की, पश्चिम ठुलो पहिरो रातडाडा, उत्तरमा ढुड़ीचौर र दक्षिणमा स्वास्थ्य चौकी बगैचा सम्म शिल गरिएको उनले बताए ।
वडा नं १ को वडा कार्यालय, सातदोबाटो लगायतका क्षेत्रमा पसल नखोल्न,यातायातका साधन नचलाउन र स्थानियलाई अनावश्यक हिड्डुल नगर्न सुचना जारी गरिएको उनले बताए ।

Comments
Loading...