गुल्मेली युवा आचार्यको कतारमा सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा

0 335

पाल्पा । लामो समयदेखि कतारमा रही सामाजिक क्षेत्रमा अगुवाको भूमिका निर्वाह गर्दै आएका गुल्मेली युवा झविन्द्र आचार्यले गैर आवासिय नेपाली संघ कतार च्याप्टरको आगामी निर्वाचनमा सह–कोषाध्यक्ष पदमा मेरो उम्मेद्धवारी घोषणा गरेका छन् ।

गुल्मी सेवा समाज कतारको पुर्व अध्यक्ष तथा वर्तमान कार्यसमितिको प्रमुख सल्लाहकारको रुपमा रहेका आचार्यले कतारबासी नेपालीहरुसितको सामिप्यता बढ्दै जादा कतारमा स्थापित संघ–संस्था समुदाय तथा गैर आवासीय नेपाली संघ कतारसँग पनि धेरै नजिक भएर काम गर्ने मौका मिलेको र यसले आफुलाई सामाजिक काम गर्नका लागि थप उत्साह मिलेको बताए ।

आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा मार्फत उमेदवारी घोषणा गर्दै जिम्मेवारी सहित आगामी कार्यकालको कार्यसमितिमा रहेर सेवा गर्ने दृढ ईच्छा भएको हुदा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको आसन्न नवौ अधिवेशनबाट निर्वाचित हुने २०२१–२०२३ कार्यकालका लागि सह–कोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको जनाएका छन् ।

उनले यसका लागि कतारमा स्थापित सम्पुर्ण संस्थाका प्रतिनिधि, वुद्धिजीवी तथा समाज सेवी महानुभावहरु समक्ष सहयोगको अपेक्षा सहित हार्दिक अपिल समेत गरेका छन् । उनले गैर आवासीय नेपाली संघका विभिन्न अभियानलाई पुर्णता दिन थप उर्जा प्रदान गर्नेछु भन्दै पुर्ण साथ सहयोग र समर्थनको अपेक्षा सहित आफ्नो उमेदवारी घोषणा गरेका छन् ।

गुल्मीमा जन्मेर कतारमा ब्यवसायिक तथा सामाजिक जीवन बिताउँदै आएका आचार्यले कतारमा बिभिन्न कारणले अप्ठेरोमा परेका नेपालीहरुका लागि सहयोगी ब्यक्तिको भूमिका निर्वाह गर्दै आएका छन् । गुल्मी सेवा समाजलाई संस्थागत गर्दै गुल्मेली युवाहरुलाई समाजसित जोड्दै रचनात्मक बनाउन महत्वपुर्ण भुमिका खेलेका छन् । नेपालमा दुखमा परेका ब्यक्तिहरुलाई उपचार तथा अन्य सहयोग जुटाउने अभियानमा नेतृत्वदायी भुमिका निर्वाह समेत गर्दै आएका छन् ।

Comments
Loading...