गौरीशंकर मावि मित्यालको ६१ औं बार्षिकोत्सव सम्पन्न

0 233

धनबहादुर ठाडा । पाल्पा
गौरीशंकर माध्यमिक विद्यालय निस्दी ४ मित्याल पाल्पाको ६१ वार्षिकोत्सब सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपिन्द्र सुनारीको अध्यक्षतामा भएको वार्षिकोत्सबको निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले उद्घाटन गर्नुभएको थियो ।

शिक्षक दन बहादुर सोमैको स्वागतबाट शुरु भएको समारोहमा प्रधानाध्यापक केश बहादुर सुनारीले प्रतिवेदन पेश गर्नुभएको थियो । सुनारीले आर्थिकवर्ष २०७७,०७८ को कुल १ करोड ३० लाख ८० हजार ८ सय ५१ रुपैयाँको आम्दानी खर्च विवरण सार्वजनिक गर्नुभयो ।
समारोहमा अध्यक्ष सारु, उपाध्यक्ष रिता कुमारी अर्याल, प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल , मित्यालका कार्यवाहक वडा अध्यक्ष मन प्रसाद सोती, शिक्षा शाखा संयोजक नर बहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नुहुँदै विद्यालयको सफलताको कामना गर्नुभएको
थियो ।

समारोहमा गत शैक्षिकसत्रमा पुरस्कृत विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । साथै विभिन्न अक्षयकोषको छात्रवृत्ति समेत वितरण गरेको छ । त्यसैगरी उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सहयोग गर्नुहुने विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । कक्षा १२ सम्म संचालित यस विद्यालयमा हाल ३ सय ९५ जना विद्यार्थी अध्यनरत छन् । विद्यार्थीहरुको सांस्कृतिक कार्यक्रमले वार्षिकोत्सको सोभा बढाएको थियो । कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक किरणबाबु सुवेदीले गर्नुभएको थियो ।

Comments
Loading...