घर घरमै गएर सामाजिक सुरक्षा भत्ता बितरण

0 257

धन बहादुर ठाडा । (मित्याल) पाल्पा
निस्दी गाउँपालिका ४ मित्यालले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । वडा अध्यक्ष न्यो बहादुर सुनारीको नेतृत्वमा वडाका जन प्रतिनिधि र कर्मचारी घर – घरमा गएर आर्थिक वर्ष २०७६ ।७७ को दोस्रो चौमासिक भत्ता वितरण गरेको हो ।


जेष्ठ नागरिक १ सय ३९ जनालाई १२ हजारका दरले १६ लाख ६८ हजार , एकल महिला ९६ जनालाई ८ हजारका दरले ७ लाख ६८ हजार , दलित जेष्ठ नागरिक ११ जनालाई ८ हजारका दरले ८८ हजार , पुर्ण अपांग ५ जनालाई १२ हजारका दरले ६० हजार वितरण गरिएको हो ।


आंशिक अपांग ६ जनालाई ६ हजार ४ सयका दरले ३८ हजार ४ सय, दलित बालपोषण १५ जनालाई १ हजार ६ सयका दरले २४ हजार गरि कुल २६ लाख ४६ हजार ४ सय रुपैया वितरण गरेको वडा सहायक सहवीर खनगाहाले बताए । लकडाउनको बेला यसरी घरमै आएर पैसा दिएपछि ८१ वर्षीय तिलतामा सोमैले खुशी ब्यक्त गरे ।

Comments
Loading...