घर नजिकैको कुलोमा डुबेर पाल्पामा २ बर्षीय बालकको मृत्यु

0 1,387

पाल्पा । घर नजिकैको कुलोमा डुबेर पाल्पामा एक बालकको मृत्यु भएको छ । बिहीवार साँझ रामपुर नगरपालिका वडा नं. ३ रजघराका दामोदर देवकोटाको २ वर्षीय छोरा बोधराज देवकोटाको कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घर आगनमा खेल्ने क्रममा घर आगाडी रहेको कुलोमा खसि डुबि रहेको अवस्थामा बालकका हजुरबुवाले देखी तत्काल निकाली उपचारको लागी रामपुर अस्पताल पाल्पा पठाईएपनि अस्पताल पुग्दा साथ डाक्टरले मृत घोषणा गरेका थिए ।

Comments
Loading...