चण्डीस्थान क्षेत्र र बालबालिका पार्क चिटिक्क भयो

0 401

पाल्पा । जिल्ला स्थित सशस्त्र प्रहरी बलले सामाजिक तथा रचनात्मक अभियान संचालन गर्दै आएको छ ।  सोही क्रममा तानसेन गैरागाउँ स्थित चण्डी युवा क्लबको आयोजनामा चण्डी मन्दिर तथा चण्डी सामुदायिक भवन परिसरमा हिन्दुहरुको महान चाड बिजया दशमीको अवसर पारी सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म हे.क्वा. पाल्पाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण कुमार सिंह सहित ५० जनाको टोली र चण्डी युवा क्लब स्थानिय जनप्रतिनिधि स्थानीय ब्यक्तिहरुको सहभागितामा शनिवार सरसफाई गरिएको छ ।

संयुक्त टोलीले बर्षात्को कारण उम्रिएका झारपात¸ लेउहरु तथा पहिरोका कारण आएको ढुंगा माटाहरुलाई समेत ब्यबस्थापन गरी मन्दिर ईलाका पुर्ण रुपमा सरसफाई गरी मन्दिरको सौन्दर्यता बढाएका छन् । बार्षिक रुपमा ससस्त्र प्रहरी बलले चाड पर्ब तथा सशस्त्र प्रहरी दिबशको उपलक्षमा स्थानीय मठ मन्दिर तथा सार्बजनिक स्थानहरुको सरसफाई गर्दै आएको डिएसपी सिंहले बताए । सोही कार्यक्रम अनुसार चण्डी मन्दिर तथा सार्बजनिक भवनको सरसफाई गरेको र आगामी दिनहरुमा अन्य मठ मन्दिर तथा सार्बजनिक स्थानहरुमा समेत सरसफाई गरिने गुल्मका सूचना अधिकारी इन्सपेक्टर हिरा बहादुर बोहोराले बताए ।

 

चण्डी मन्दिर परिसरमा भएको पार्कमा बर्षात्को कारणले पहरो गई बालबालिकाहरुले खेल्ने पार्कमा समेत क्षति पुगेको थियो । जसका कारण यस क्षेत्रका बालबालिकाहरु खेल्नबाट बञ्चित भएका थिए । संयुक्त टोलीले पार्कमा रहेका खेल्ने सामानहरुको मर्मत तथा जिर्णोद्धार समेत गरि संचालनमा ल्याएको छ । यसबाट यहाँका बालबालिका र अभिभाबकहरु खुशी भएका छन् ।

Comments
Loading...