चुनावमा पराजित भएपनि टोल बस्तीमा पुगेर मतदातालाई धन्यवाद दिँदै रामपुरका अर्याल

0 504

पाल्पा । स्थानीय तह निर्वाचनमा पराजित भएपनि नेकपा एमालेका नेता एवम् अधिवक्ता शिव अर्यालले आफ्ना मतदाता, शुभेच्छुक र सहयोगी सबैलाई धन्यवाद दिनुभएको छ ।

उहाँले मतदाताहरूलाई गाउँ, टोल र घरहरूमा पुगेर धन्यवाद दिनुभएको छ । मतदानको अन्तिम नतिजा सार्वजनिक हुन ेवित्तिकै अर्याल मतदाताहरूलाई धन्यवाद दिन घरदैलो कार्यक्रममा पुग्नुभएको हो ।

आफ्नो पराजय भनेको प्राविधिक कुरा भएको र रामपुरका मतदाताले आफुलाई दिनुभएको मत अमुल्य रहेको बताउनुभयो । निर्वाचनका बेला एमालेको केन्द्रीय नेतृत्व, पाल्पाको जिल्ला नेतृत्व, स्थानीय नेता कार्यकर्ताले देखाएको माया, सद्भाव, सहयोगप्रति पनि अर्यालले आभार प्रकट गरेका छन् । घरदैलो अभियानमा उपमेयरका उम्मेदवार दुर्गा देबी राना पनि रहनुभएको छ ।

Comments
Loading...