चुनावमा पराजित भएपनि मतदातालाई धन्यवाद दिन टोल टोलमा घिमिरे

0 569

पाल्पा । तानसेन नगरपालिकाको प्रमुख (मेयर)मा पराजित भएपनि नेकपा एमालेका उम्मेदवार धनेन्द्रराज घिमिरे मतदाताहरुलाई धन्यवाद दिन टोल टोलमा पुग्नुभएको छ । उहाँले बिभिन्न टोलहरुमा पुगेर आफू निर्वाचनमा पराजित भएपनि तानसेनबासीको सुख– दुःख, तानसेनको विकास र समृद्धिको यात्रामा निरन्तर समर्पित भईरहने बताउनुभएको छ ।

घिमिरेले निर्वाचनमा आफूहरुलाई अमूल्य मत प्रदान गर्ने नगरबासीहरुमा आभारसहित धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले पाटीको झण्डा र आन्दोलनलाई थप उचाइमा पुर्याउन लागि रहने समेत उल्लेख गर्नुभएको छ ।

तानसेनमा नेकपा एमालेलाई हराउँदै गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ विजयी हुनुभयो भने उपप्रमुखमा गठबन्धनबाट (नेकपा माओवादी केन्द्र)की प्रतिक्षा सिंजाली विजयी हुनुभएको छ ।

तस्बिरः निर्वाचनमा बिजयी उम्मेदवारहरुलाई बधाई दिनुहुदै घिमिरे

Comments
Loading...