छोराको जन्मदिनमा पौडेल परिवारले पठाए मृर्गौला पिडितलाई उपचार खर्च

0 349

चुरामनी तिमिल्सिना

पाल्पा । हिजो आज जन्म दिन फरक फरक रुपमा मनाउने लहर नै छ । कतिपयले फजुल खर्च गर्दै सामाजिक रुपमा जन्मदिन मनाउने गरेका छन् । गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं. ६ रिमुवाका भिम पौडेल र जमुना सुवेदी पौडेलले हाल अष्ट्रेलियामा बस्दै आएका आफ्ना सुपुत्र प्रकाश पौडेलेको जन्म दिनको अवसरमा अर्गलीका मृर्गौला पिडित झपेन्द्रलाल पाण्डेको उपचारका लागि ११ हजार रुपैयाँ पठाएका छन् ।

तानसेन नगरपालिका १४ अर्गलीका पाण्डेको दुबै मृर्गौलामा समस्या भएपछि उपचारका लागि सबैसँग सहयोगको याचना गरेका छन् ।
सामाजिक तथा समाजसेवी ब्यक्तिको रुपमा परिचय बनाएका पौडेलले हरेक समय गरिव दुखी, पहिरो पिडित बाढी पिडित सहित अनाथ तथा बिभिन्न रोग लागेर उपचारका लागि आर्थिक अभाव भएका ब्यक्तिहरुलाई पौडेलले सहयोग गर्दै आएका छन् ।

Comments
Loading...