छोरा बितेको १२ औं दिनमा सासुले लगाइदिइन् बुहारीलाई रातो पहिरन

0 579

रामकृष्ण कडेल । गुल्मी
गुल्मीदरबार गाउँपालिका–७ चारपालामा छोरा बितेको १२ औं दिनमा सासुले बुहारीलाई रातो पहिरन लगाइदिएकी छन् ।
श्रीमानको मृत्युभएको १२ औं दिन सासु बालकुमारी खत्रीले बुहारी बिष्णु खत्रीलाई रातो दोसल्ला र रातो सारि लगाइदिएकी हुन् । मोटरसाइकल दुर्घटनामा परी यहि चैत २७ गते ठुलोपोखरा माध्यमिक बिद्यालयका प्रधानाध्यापक समेत रहेका राम बहादुर खत्रीको ४५ बर्षको अल्पायु मै निधन भएको थियो ।

कार्यक्रमको सभापतित्व ठुलोपोखरा महिला बिकास बहुउद्देश्यीय सहकारी सस्थाकी उपाध्यक्ष छमकला सुर्यवम्शि रहेको कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाकी उपाध्यक्ष मिना भण्डारीले महिला अधिकारको लागि यो संस्थाले उदाहरणीय कार्य गरेकोमा धन्यवाद दिइन् ।

हिन्दु परम्परा अनुसार श्रीमान को मृत्यु पछि श्रीमतीले रातो बस्त्र नलगाउने अन्धविश्वास रहिआएकोमा १२ औ दिनको पुन्यतिथिमा ठुलोपोखरा महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको पहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि पुरानो अन्धविश्वास र कुरिति हटाउन यस्तो गरिएको कार्यपालिका सदस्य तुल्सा अर्यालले बताइन् ।

मृतक खत्रीकी श्रीमति बिष्णु खत्रीले यो कार्यक्रमले श्रीमानको मृत्युको पिडालाई केहिहदसम्म कम हुने विश्वास गर्दै पहिले पहिले यो भन्दा अझै जटिल समस्याहरु भएको जिकिर गर्दै चन्द्रसमशेरको पालामा सतिप्रथा हटेकोले आफु आज जिवित हुन पाएको र समाजमा भएका अन्धविश्वास, कुरिति, एकल महिलालाई समाजमा हेर्ने दृष्टिकोण हटाउने अभियानमा र रातो कपडा महिलाको नैसर्गिक अधिकार पनि भएकोले यो कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिइन् ।

इश्वरी माबिकी शिक्षिका एवम् ठुलोपोखरा महिला बहुउद्देश्यीय सहकारि संस्थाकी अध्यक्ष समेत रहेकी खत्रीले समाजका भद्र भलाद्मी भन्नेहरुले नै एकल महिला देखे साइत नपर्ने भन्ने जस्ता आरोप लगाइने गरोको स्मरण गराउँदै यस्ता समाज परिवर्तका अभियानले चहराइरहेको घाउमा मलमको काम गर्ने भन्दै परिवर्तनको सुरुवात आफुबाटै गर्नुपर्ने भएकोले पनि यो अभियानलाइ सार्थक तुल्याउन आफुबाटै सुरु गरेको बताइन् ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख सुन्दर चालिसे, बिभिन्न बिद्यालयका प्रधानाध्यापक , शिक्षक, बुद्दिजिवी, समजसेवी, महिला अधिकारकर्मी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो कार्यक्रमको सन्चालन मिना पौडेलले गरेकी थिइन् ।

Comments
Loading...