जनताको घर दैलोमै पुग्यो तिनाउँ गाउँपालिका

0 225

सुनिल कार्की । पाल्पा
जिल्लाको तिनाउँ गाउँपालिकाले एकिकृत घुम्ती शिविर मार्फत जनताको घरदैलमै पुगेर सेवा दिन सुरु गरेको छ ।

निर्वाचनको समयमा मात्रै मत माग्न नेताहरु गाउँ पुग्छन भन्ने भ्रमलाई चिर्न तिनाउ सरकार गाउँका बस्ती बस्तीमा पुगेर सेवा प्रदान गर्न सुरु गरेको हो । जनताका आधारभुत आवश्यकता मध्येको ६ प्रकारका सेवा सुविधा लिएर तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगर अहिले गाउँपालिकाको प्रत्येक वडाका घर घरमा पुगेर स्वास्थ्य सेवा देखि विउँविजन सम्मका सेवा निशुल्क प्रदान गर्दै आएका छन् । तिनाउ सरकारका कर्मचारी र जनप्रतिनिधिको संयुक्त टोलीले निशुल्क स्वास्थ्य परिक्षण,आँखा परिक्षण,अपाङ्गगता परिचय पत्र,जेष्ठ नागरिक परिचय पत्र,पशुविकासका लागि जुका,माटे,भिटामिन लगायतका आंैषधी वितरणका साथै विभिन्न प्रकारका विउँविजन निशुल्क वितरण कार्यक्रमलाई गाउँपालिकाले तिव्रता दिएको छ ।

स्थानिय सरकारका स्वयम जनप्रतिनिधि गाउँका टोल टोलमा पुगेर यसरी सबै प्रकारका सेवा पहिलोपटक उपलब्ध गराउँदा स्थानिय सरकारको अनुभुती भएको तिनाउ गाउँपालिका वडा नं १ कचल ठुलीउदाङ्गकी उमेरले ७० वर्ष नाघेकी कृष्णा घर्ती मगरले सेवा पाएपछि खुसी ब्यक्त गरिन् । यस्तै तिनाउ गाउँपालिका १ कचलकै उमेरले पाका वर्ष ९५ का हरी बहादुर मगरले पनि जेष्ठ नागरिक परिचय पत्र बनाउन २ घण्टाको जिपको यात्रामा गाउँपालिका सम्म झर्नुपर्ने बध्यतालाई हटाएर घरदैलामै आएर परिचय पत्र बनाईदिएको धन्यवाद दिए । यसै गरि जन्मजात शारिरीक अपाङ्गगताका कारणले परिचय पत्र बनाउन नपाउदा सेवा सुविधा लिनबाट बञ्चित हुनुभएका वडा नं २ झ्याङ्गलाका विष्णु कुमार दर्जीले पनि घुम्ती शिविर मार्फत नै अपाङ्गगता परिचय पत्र लिन पाएको प्रति खुसी ब्यक्त गरे ।
तिनाउ सरकारले सञ्चालन गरेको एकिकृत घुम्ती शिविरबाट तिनाउ गाउँपालिका वडा नं १ को ठुलीउदाङ्ग,झिङ्गगामारा र कचलमा गरि अपाङ्गगता परिचय पत्र ३५जना,निशुल्क स्वास्थ्य परिक्षण ५२१,आँखाको निशुल्क परिक्षण ४७५,कृषिजन्य विउँविजन ४५०,पशुका लागि विभिन्न प्रकारका औषधी २३१ र जेष्ठ नागरिक परिचय पत्र ११७ जनाले आफ्नै गाउँघरमा निशुल्क सेवा प्राप्त गरेका छन ।

यस्तै गरि तिनाउ गाउँपालिका वडा नम्बर २ झ्याङ्गला स्मार्ट कृषि गाउँमा सञ्चालित शिविरमा निशुल्क आँखाको स्वास्थ्य परिक्षण ३४० जना,कृषिजन्य विउँविजको सेवा १७५,निशुल्क स्वास्थ्य परिक्षण १४७,पशुजन्य जुका भिटामिन र माटेको औषधी ८५, जेष्ठ नागरिक परिचय पत्र ४८ र अपाङ्गगता परिचयपत्र ६ जनाले प्राप्त गरेको तिनाउँ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले जानकारी दिए । जनताको समृद्धि र समुन्नतीको लागि स्थानिय सरकार तिनाउ गाउँपालिकाले बार्षिक कार्यक्रमकै रुपमा एकिकृत घुम्ती शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष घर्ती मगरले बताए । गाउँपालिकाका ६ वटा वडा मध्ये हाल सम्म वडा नं ६,५,३,२, र १ मा एकिकृत घुम्ती शिविर सञ्चालन भईसकेको छ । जस अन्र्तगत १० हजार बढी जनताले प्रत्यक्ष सेवा लिईसकेका छन ।

गाउँपालिकाका जनतलाई आर्थिक समृद्धिमा उन्मुख गराउने जनप्रतिनिधिको सपनालाई सफल बनाई गाउँपालिकाका निति तथा कार्यक्रमलाई प्रभावकारी कार्यन्वयन गर्न गाउँपालिकाको कर्मचारीतन्त्र प्रयत्नशील रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताए । जनताको सेवा र आवश्यकतालाई स्थानिय सरकारको मर्म अनुरुप पहिलो प्रथामिकतामा राखेर दुर्गम होस या सुगम जुनसुकै ठाउँमा घुम्ती शिविर मार्फत निरन्तर सेवा प्रदान गरि स्थानिय सरकार छ भन्ने अनुभुति जनतामा गराउन गाउँपालिका प्रयत्नशील रहेको प्रमुख प्रशासकिय अधिकृत पनेरुले बताए ।

यस्तै वडा नं २ झ्याङ्गला वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले पालिकाबाट प्रदान गरिने सेवालाई सहज बनाई घर आँगनमा पुगी सेवा प्रवहा गर्ने गाउँपालिकाको लक्ष्य अनुरुप घुम्तिी शिविरलाई तिव्रताका साथ गाउँटोलमा पु¥याईएको बताए ।

तिनाउ गाउँपालिकाले स्थानिय सरकारको केन्द्रमा आएर सेवा सुविधा लिनुपर्ने बाध्यताको अन्तय गर्न बार्षिक कार्यक्रम नै बनाएर घुम्तिी शिविर मार्फत जनतालाई सेवा प्रवहा गर्दै आएको छ । गाउँपालिकाको घरदैलोमै पुगेर सेवा प्रदान गर्ने कार्यक्रम देखेर जनता उत्साहित भएका छन । स्थानिय चुनाबताका सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारालाई सार्थकता तिर उन्मुख भएको प्रत्याभुती तिनाउ गाउँपालिकाबासीले गरेका छन ।

Comments
Loading...