जागरूक महिला कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न

0 454

नेत्र गैरे । पाल्पा
जागरूक महिला कृषि सहकारी संस्था बगनासकाली–५, दर्लमडाँडाको छैठौं साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बगनासकाली गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले महिलाहरूको उत्थानका लागि सहकारी उपयोगी भएको बताइन् । उनले महिलाहरूले मासिक रूपमा गरेको बचतबाट भविष्यमा आयआर्जनका कामहरू गर्न सहकारीले सहयोग पु¥याउने समेत बताइन् ।

कार्यक्रममा संस्थाकी सचिव पिमला न्यौपानेले १६ लाख ३१ हजार बराबरको आय व्यय प्रस्तुत गरिन् । संस्थाको प्रगतिको कामना गर्दै बगनासकाली गाउँपालिका वडा नं. ५ का अध्यक्ष ईश्वर कुमार राना, वडा नं. ९ का अध्यक्ष ठानेश्वर तिमल्सिना, वडा नं. ३ का अध्यक्ष टीका थापा, वडा नंं. ६ का अध्यक्ष लक्ष्मी अधिकारी, गाउँ कार्यपालिका सदस्य खुमादेवि भट्टराई, दर्लमडाँडा मा.वि.का प्रधानाध्यापक थमनसिं थापा, षट्कोण सहकारीका अध्यक्ष शिव बस्याल, वडा सदस्य छविलाल गैरे, ओमप्रकाश गैरे लगायतले बोलेका थिए ।

शान्ता न्यौपानेको सञ्चालन र संस्थाकी अध्यक्ष लक्ष्मी कोइरालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । वि.सं. २०६९ सालमा स्थापित यस संस्थामा हाल २३६ जना महिला शेयर सदस्य रहेका र प्रति सदस्य मासिक एक सयका दरले रकम संकलन गर्दै आएको छ । हाल यस संस्थाकोे कार्यक्षेत्र बगनासकाली गाउँपालिका वडा नं. ५ अन्र्तगतका गाउँबस्ती र टोलहरूलाई समेटिएको अध्यक्ष कोइरालाले बताइन् ।

Comments
Loading...