जिल्ला प्रशासनको सेवा आंशिक रुपमा स्थगित, सेवा लिन आउँदा कोभिड खोप कार्ड अनिवार्य ल्याउन आग्रह

0 440

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाका केही कर्मचारीहरुमा पनि कोभिडसँग मिल्दो जुल्दो लक्षण देखिएपछि प्रशासनले सेवा आंशिक रुपमा स्थगित गरिएको छ । कार्यालयका केही कर्मचारीहरुमा कोरोना संग मिल्दोजुल्दो लक्ष्यण देखिएकोले सेवा आंशिक रुपमा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

प्रशासनको सेवा लिनका लागिकोभिड खोप कार्ड,सो को प्रतिलिपी वा मोबाइलमा खिचेको कार्डको फोटो अनिबार्य रुपमा लिएर मात्र सेवा लिन प्रशासनले अनुरोध गरेको । बिज्ञपितमा माघ ९ गते देखि शान्ति,सुरक्षा,मुद्दा,नागरिकता प्रमाणपत्र,फोटो सहितको मतदाता नामावली संकलन गर्ने बाहेकका अन्य काम स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो ।

Comments
Loading...