तानसेनको फोहोर ब्यवस्थापनको जिम्मेवारी नीजि क्षेत्रलाई

0 1,101

पाल्पा । तानसेन नगरपालिकाले तानसेन नगरको फोहोर व्यवस्थापनको जिम्मेवारी नीजि क्षेत्रलाई दिएको छ ।
नगरपालिकाको सार्वजनिक नीजि साझेदारी कार्यक्रम अन्तर्गत तानसेन नगरपालिका र वातावरणीय सुन्दर नेपाल, रुपन्देही बीच फोहोर व्यवस्थापन बिषयमा एक कार्यक्रमका बीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा दुई पक्षीय हस्ताक्षरपछि आफ्नो धारणा राद्यख्दै तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले लामो समयको अध्ययनपछि यसप्रकारको सम्झौता भएको बताउनुभयो । तीन वर्षसम्मको लामो अध्ययन् र विज्ञको सुझावका आधारमा अगाडि बढेको मेयर शाहीले बताउनुभयो । सार्वजनिक नीजि साझेदारी मार्फत् विभिन्न अबरोधका बीच फोहोर मैला व्यवस्थापन, हाइवे रिफ्रेसमेन्ट, श्रीनगर र रानीमहल संचालन एवं व्यवस्थापन लगायतका योजना अघि बढाउन नीजि क्षेत्रसँग सहकार्यको वातावरण तानसेन नगरपालिकाले निर्माण गरेको मेयर शाहीले बताउनुभयो ।

तानसेन नगरपालिकाकी उपमेयर लक्ष्मी पाठकले आगामी दिनमा तानसेन बासीले थप सरसफाईको महसुस गर्न पाउने बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले यो सम्झौता र त्यसपश्चात हुने कामले पनि साझदोरी कार्यक्रमको राम्रो सन्देश जाने बताउनुभयो ।

दोस्रो पक्ष समेत रहेको वातावरणीय सुन्दर नेपाल, रुपन्देहीकी अध्यक्ष कृष्णमाया कार्कीले तानसेन नगरपालिकासँग भएको सम्झौता अनुसार आफूहरूले तानसेनको फोहोर व्यवस्थापनमा फरक काम गर्ने र यसमा नगरबासीको सहयोग रहने बताउनुभयो । उहाँले संस्था मार्फत अहिले तिलोत्तमा, भरतपुर सहित बिभिन्न स्थानीय तहहरुमा फोहर ब्यवस्थापनको काम भएको र सरोकारवालहरुले राम्रो प्रतिक्रिया दिनुभएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम राना, तानसेन–६ का वडा अध्यक्ष सागरमान महर्जन लगायतले यसप्रकारको सम्झौतापछि तानसेन थप सुन्दर हुने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन तानसेन नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत दुर्गा बहादुर थापाले गर्नुभएको थियो ।

Comments
Loading...