तानसेनमा खुल्यो सुपथ मुल्य पसल

0 1,450

मिलन बिश्वकर्मा
पाल्पा । जिल्लाको सदरमुकाम तानसेनमा ‘आँगन सुपथ पसल’ खुलेको छ । तानसेन नगरपालिकाको आर्थिक सहयोगमा आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेले पसल सञ्चालन गरेको हो । आइतबार एक कार्यक्रमकाबीच तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले पसलको उद्घाटन गर्नुभएको हो ।

सुपथ पसल खुलेपछि महंगीको मारमा परेका यहाँका उपभोक्तालाई राहत मिलेको छ । यहाँका उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय दैनिक उपभोग्यवस्तु उपलब्ध गराउन उहाँले आग्रह गर्नुभएको हो । बजारको मूल्यमा एकरुपतामा ल्याउन आगन सुपथ पसलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । व्यापारीक दृष्टिकोणले भन्दापनि सेवामुखी भावनाले आम उपभोक्ताको विश्वास जितेर पसल सञ्चाल गर्न उहाँले सुझाव दिनुभयो ।
सुपथ पसलबाट सुपथ मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउने सहकारीका अध्यक्ष भीमलाल भट्टराईले बताउनुभयो । सुरुवाती चरणमा चामल, दाल, तेल, आँटा, चिउरा, चिनी, चियापत्ति, साबुन लगायतका सामग्री उपलब्ध हुने छ । यहाँका उपभोक्ताको मागअनुसार दैनिक उपभोग्यवस्तु बिक्रीमा राखिने उहाँले बताउनुभयो । स्थानीय उत्पादनलाई प्राथमिकता दिएर बिक्रीमा राखिने भट्टराईले बताउनुभयो । तानसेन नगरपालिकाको ९ लाखसहित करिब २५ लाख लगानीमा पसल सञ्चालन गरिएको हो । उपभोक्ताले देख्न सक्ने गरी मूल्यसूचीको बोर्ड राखिएको छ । बसपार्क मिसन सडकखण्डको मेहलधारामा पसल सञ्चालन गरिएको छ । उपभोक्ताको मागअनुसारका सामग्री घरमै पु¥याउने व्यस्थासमेत रहेको उहाँले बताउनुभयो ।

बजारको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनिकरण गर्न तानसेन नगरपालिकाले सहकारीसँग सहकार्य गरेर सुपथ पसल सञ्चालन गरेको तानसेन नगरपालिका सहकारी शाखा प्रमुख तथा वरिष्ठ अधिकृत दुर्गा थापाले बताउनुभयो । उहाँकाअनुसार नगरपालिकाले ९ लाख सहयोग गरेको छ । ४ लाख अनुदान र ५ लाख बिउपूँजीको रुपमा नगद सहयोग गर्ने उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षमा पनि सहयोगलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेयले स्वच्छ, ताजा र गुणस्तरीय सामग्री उपलब्ध गराउन सके सुपथ पसलमा उपभोक्ताको घुइँचोे लाग्ने बताउनुभयो । तानसेन नगरपालिकास्तरीय सहकारी सञ्जालका अध्यक्ष महेश्वर पन्तले सुपथ पसललाई सफल पार्नको लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीका अध्यक्ष भीमलाल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोपाल प्रसाद बश्यालले स्वागत र सचिव मिलन विश्वकर्माले सञ्चालन गर्नुभएको थियो । नगरसभाबाट कार्यविधि तथा ऐन नियम तयार गरी सहकारी संस्थामार्फत सुपथ मूल्यको पसल सञ्चालन गरिएको हो । सुपथ पसल सञ्चालन भएपछि यहाँका उपभोक्ता खुसी भएका छन् ।

Comments
Loading...