तानसेनमा भएको दुर्घटनामा २ जना घाइते

0 3,187

पाल्पा । तानसेन रिडी सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका – ५ बतासेडाँडामा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा दुई जना घाईते भएका छन् ।

सर्देवाबाट चुनढुङ्गा लिएर बुटवल तर्फ जादै गरेको लु २ ख १७१३ नम्बरको टिप्परले सोहि दिशा तर्फ जादै गरेको लु २० प ७४८९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक गुल्मी रुरु क्षेत्र गाउँपालिकाका ४० बर्षीय राजु थापा गम्भीर घाइते भएका छन् । दुर्घटनामा परि सोही स्थानकै ३९ बर्षीय सञ्जु थापा सामान्य घाइते भएको प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । आइतबार दिउसो करिब ३ बजे दुर्घटना भएको थियो । घाईतेको मिसन अस्पताल तानसेनमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...