तानसेन तम्घास सडक पनि ११ घण्टा बन्द हुने, यात्रु अलपत्र पारेर अल्छी गतिमा काम गरेको भन्दै सडक डिभिजनको आलोचना

0 365

पाल्पा । तानसेन तम्घास सडकखण्ड १५ दिन दैनिक ११ घण्टाका दरले बाटो बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय पाल्पाले यही मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द गर्ने गरि सूचना जारी गरेको छ ।

जोर्ते क्षेत्रमा बाटो फराकिलो गर्नका लागि सडक कार्यालयले बाटो बन्द गर्ने सूचना जारी गरेको र उक्त समयमा सुरक्षा निकाय र एम्बुलेन्स बाहेकका सवारीसाधनलाई संचालन गर्न नदिने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो ।

सडक डिभिजन कार्यालय बाटो बन्द गराउने तर निर्माण ब्यवसायीले एक दुई वटा मात्रै डोजर प्रयोग गरि अल्छी गतिमा काम गराउने गरेको भन्दै तीव्र आलोचना हुँदै आएको छ । बाटो बन्द गराईसकेपछि तीव्र गतिमा काम हुनुपर्नेहो तर त्यसो हुन सकेको छैन । सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा बुटवल सडक खण्डमा पनि बाटो बन्द गराई अल्छी गतिमा काम हुँदै आएको छ ।

Comments
Loading...