तानसेन नगरपालिकाका सबै वडामा अनलाइन ब्यक्तिगत घटना दर्ता सुरु

0 273

पाल्पा । तानसेन नगरपालिकाका सम्पूर्ण वडाहरुमा अनलाइन व्यक्तिगत घटना दर्ताको कार्य सुभारम्भ भएको छ ।

तानसेन नगरपालिका वडानं ८ बाटअनलाइनव्यक्तिगत घटना दर्ता गरिपूर्ण अनलाइन घोषणा गरिएको हो । तानसेन नगरपालिका वडा नाम ८ का अध्यक्ष रामप्रसाद घिमिरे द्वारा जन्म दर्ता प्रमाण पत्र सम्बन्धित व्यक्तिलाइ हस्तान्तरण गरि सुरुवात भएको थियो । तानसेन नगरपालिकाका सेवाग्राहीहरुजन्म ,मृत्यु,बसाइसराई ,विवाह रसम्बन्धबिच्क्षत तका घटना दर्ता गर्न सम्बन्धित आफ्नो वडामा गएर गर्न सकिने भएको छ उक्तकार्य गर्न अब नगरपालिकाको कार्यालय आइरहन नपर्ने भएको छ ।

तानसेन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज बेल्बासेले तानसेन नगरपालिकाका सम्पूर्ण वडाहरुमा प्रविधिको प्रयोगलेप्रशासनिक कार्यहरु गर्न सजिलो र छिटो भएको बताए ।सामाजिक बिकास तथा प्रशासन शाखा प्रमुख भरत प्रसाद आचार्यले उल्लेखिनिय कार्य गरिएको बताए । सूचना प्रविधि अधिकृत प्रकाश गैरेले सम्पूर्ण वडामा इन्टरनेटको उपलब्धता भए संग संगै पंजीकरण सम्बन्धि कार्यलाई वडा बाटै संचालन गर्ने सकिएको, सूचना प्रविधिको प्रयोग साथै यसका फाइदा लाइ मध्यनजर गरि वडामा प्रविधि प्रयोग गर्नुपर्छ भन्ने मान्यताका साथ यो कार्यलाई सुरुवात गरिएको बताए ।

अनलाइन घटना दर्ता प्रणालीलाइ व्यवस्थित गर्न नगर कार्यपालिकाको कार्यालय पंजीकरण शाखा बाट व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्था सुचना प्रणालीका व्यवस्थापक नारायण पाण्डे सहितको कर्मचारीहरु टोलि वडा कार्यालयमा खटिएका थिए ।

Comments
Loading...