तानसेन नगरपालिकाभित्र बुधवार १ बर्षीय बालक सहित ४ जनामा कोरोना पुष्टि

0 893

पाल्पा । पाल्पामा बुधबार  १ बर्षीय बालक सहित चार जनामा कोरोना पुष्टि भएको छ । सदरमुकाम तानसेनका विभिन्न वडाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वडा नं. ५ की एक जना महिला, वडा नं. २ को १ जना पुरुष, वडा नं. ८ को १ जना १ वर्षीय बालक र वडा नं. ९ का १ जना पुरुषमा कोरोना पुष्टि भएको तानसेन नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कोरोना संक्रमण भएका वडा नं. ८ का १ वर्षीय नाबालक दुई साताअघि कोरोना संक्रमणबाट मृत्यु भएका महिलाको परिवारका सदस्य रहेको बताइएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । बुधवार थपिएका ४ जना कोरोना संक्रमित सबै समुदाय स्तरका रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।तस्बिरः गुगल

Comments
Loading...