तानसेन प्रभासमा महिनावारी मेला सम्पन्न

0 1,319

पाल्पा । रोट्रयाक्ट क्लब अफ पाल्पा लुम्बिनीको आयोजनामा तानसेन ७ प्रभासमा शनिवार महिनावारी मेला सम्पन्न भएको छ ।
स्कुले विद्यार्थी, स्थानीय आमा समूह र आसपासको जनसमुदायलाई प्राथमिकतामा राखेर महिनावारी मेला ’ आयोजना गरेको आयोजकले जनाएक छन् ।

मेलामा राखिएका स्टलहरुमा जानकारी र सो कुरालाई थप जानकारीमूलक बनाउने रोमाञ्चक खेलहरूको समिश्रणमा महिनावारी, गर्भावस्था र यसैसँग जोडिएका विकृति र पुरातनवादी विचारधाराको विरुद्धमा जनचेतना फैलाउनुका साथै पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउन पनि सिकाईको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिकाका मेयर सन्तोष लाल श्रेष्ठ विशिष्ट अतिथिको रुपमा लुम्बिनी मेडिकल कलेजका निर्देशक गोपाल पोख्रेल रहनुभएको थियो । कार्यक्रममा ४ सय जना बढीको सहभागिता रहेको थियो । कार्यक्रममा यी प्रतियोगिताहरु समेत आयोजना गरिएको थियो । बिजेताहरुलाई प्रमुख अतिथि र बिशिष्ट अतिथि  र वडाध्यक्ष प्रदिप खनाल लगायतले ले पुरस्कार बितरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रोजेक्ट रजस्वलाका संयोजक सुदेसा रिमाल, पवन भुसाल, भूमिका आचार्य र ऋषभ बाबु श्रेष्ठको सहभागिता रहेको थियो । कार्यक्रम क्लवका अध्यक्ष केशव खनालको अध्यक्षतामा चलेको थियो ।

Comments
Loading...