तानसेन बचत तथा ऋण सहकारीको तेह्रौ साधारणसभा सम्पन्न

0 208

पाल्पा । तानसेन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो तेह्रौं साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा सहकारीका अध्यक्ष भेषराज सुवेदीले संस्थाको वार्षिक प्रगतिको प्रतिवेदन प्रस्तुत गर्दै सेयर सदस्यहरुबाट प्राप्त सुझाव सल्लाह अनुसार सहकारी अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद पूर्वमन्त्री सोमप्रसाद पाण्डेले अब नयाँ योजना र नयाँ ढंगले सहकारीलाई थप उँचाइमा पुर्याउनु पर्ने आवश्यकता रहेको धारणा राख्नुभयो । संसारका विकसित मुलुकहरुले सहकारीका माध्यमबाट गरेको आर्थिक प्रगतिको उदाहरण प्रस्तुत गर्दै यसबाट पाठ सिकेर नेपालको सन्दर्भमा पनि सहकारीलाई उत्पादनसँग जोडेर अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।

सहकारीका प्रमुख सल्लाहकार देवीप्रसाद बस्यालले तानसेन सहकारीले अब सेवाग्राहीलाई डिजिटल प्रविधिमार्फत सेवा दिने तैयारीका साथ नयाँ स्थानमा कार्यालय सारेको र यसका लागि समिति अघि बढेकोमा खुसी व्यक्त गर्नुभयो । संस्थाका पूर्व अध्यक्ष धनेन्द्रराज घिमिरेले संस्थामा शेयर सदस्य संख्या वृद्धि भएसंगै शेयर सदस्य र समग्र समाजको संस्थाप्रतिको विश्वास बढेको बताउनुभयो । तानसेन नगरपालिका सहकारी विभाग प्रमुख दुर्गा थापाले तानसेन सहकारीले सहकारीको मर्म अनुसार काम गर्दै आएको बताउनुभयो ।

साधारणसभाले अध्यक्ष भेषराज सुवेदीले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिबेदन, कोषाध्यक्ष धनिश्वर बस्यालले प्र्रस्तुत गर्नुभएको कोषाध्यक्षको प्रतिवेदन र भरत प्रसाद न्यौपानेले प्रस्तुत गर्नुभएको लेखा परीक्षण प्रतिवेदने प्रतिवेदन पारित गरेको थियो । कार्यक्रम संस्थाका उपाध्यक्ष युवराज पन्तको स्वागत तथा सचिव भोजराज पोखरेल (रामजी) को संचालन र अध्यक्ष भेषराज सुवेदीको अध्यक्षतामा चलेको थियो ।

Comments
Loading...