तिनाउँमा नेपाल कम्युनिष्ट पार्टीका नेता भुवन जिसी सहितका नेताहरुले गरे स्वतन्त्र उम्मेद्वारी घोषणा

0 587

पाल्पा । पाल्पा जिल्लाको तिनाउँ गाउँपालिकामा विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले स्वतन्त्र रुपले गाउँपालिकामा अध्यक्ष सहितको टिम घोषणा गरेका छन् । पार्टीले आगामी स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने नीति अनुरुप स्वतन्त्र रुपले उनीहरुले उम्मेद्वारी प्यानल बनाएका हुन् । तिनाउँ गाउँपालिकाको अध्यक्षका लागि पार्टीका निर्वतमान जिल्ला सचिव भुवन जिसीले उम्मेद्वारी घोषणा गर्नुभएको छ । उहाँले आफू निकट टिमको बैठक बसाली पार्टीबाट राजिनामा दिएर भए पनि स्थानीय तहको निर्वाचन उठ्ने घोषणा गर्नुभएको हो ।

उहाँ केही महिना अघिसम्म विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी पाल्पा जिल्ला समिति सचिव रहेर काम गर्नुभएको थिए । उहाँ निर्वाचनमा उठ्ने आसय बुझेपछि पार्टीले सेक्रेटरीबाट हटाएर उहाँको ठाउँमा पुर्व लडाकु कमान्डर मीन बहादुर आलेलाई सचिवमा चयन गरेको थियो । स्वतन्त्र उमेदवारि दिएका भुवन जिसि तिनाउ गाउँपालिकाको दोभान बगाहामा स्थायी घर रहेको छ । उहाँ तत्कालीन नेपाली माओवादी जनयुद्धमा २०५८ सालमा वुटवल बहुमुखी क्याम्पसको अखिल(क्रान्तिकारी)बाट आबद्द भई राजनीतिबाट पुर्णकालिन कार्यकर्ता भएर काम गर्दै आउनुभएको छ । जिसीले जिल्लामा बौद्धिक युवा नेताको परिचय बनाउनुभएको छ ।

विप्लव समूहको राम्रोा पकड रहेको तिनाउँमा २ नम्बर वडाबाट टोपबहादुर बिक, ३ नम्बर वडाबाट नीर बहादुर बिक र ४ नम्बर वडाबाट गणेश रास्कोटी समेत वडाअध्यक्षमा संयुक्त रुपमा स्वतन्त्र उमेदवारी घोषणा गर्नुभएको छ । यस्तै १ र ६ नम्बर वडा अध्यक्षमा आँकाक्षीहरु बढेपछि छलफलमा रहेको सो पार्टीका नेताले जनाएका छन्, यस्तै अन्य वडाहरुमा समेत विप्लव नेतृत्वका नेताहरुले स्वतन्त्र ढंगले चुनावमा जाने निश्चित भएको छ ।

Comments
Loading...