दिनभर बाटो मर्मत गरेर फर्केका खर्ग सिं अर्को दिन मृत भेटिए

0 509

धनबहादुर ठाडा । पाल्पा
निस्दी गाउँपालिका – ४ मित्यालमा एक वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । बिहीबार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाटो मर्मत गरेर घर फर्किने क्रममा चिउरीबास स्थायी निबासी ५८ वर्षीय खर्ग सिं विकको भिरबाट लडेर मृत्यु भएको हो ।

बिहीबार राती अबेरसम्म पनि घर नफर्केपछी आफन्तकोमा बसेको अनुमान गर्दै भोलि विहान आउनुहुन्छ भनेर घरपरिवारका सदस्य सुतेको तर शुक्रबार बिहान पनि घरमा नआएपछि परिवारले छरछिमेकीलाई खबर गरि खोज्ने क्रममा भिरमा  मृत अवस्थामा भेटेको स्थानीय पुर्ण सिंह विकले बताउनुभयो ।

विकको शव शुक्रबार दिउँसो करिब १२ बजेतिर मात्रै प्रहरी र स्थानीय मिलेर  पोस्टमार्टमको लागि रामपुरमा पठाएको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढ बहादुर थापाले बताउनुभयो । विकको शव बाटोभन्दा करिब ३ सय मिटर तल भेटिएको प्रहरीले जनाएको छ ।

Comments
Loading...