नव गायक बस्यालको राष्ट्रप्रेमी गीत बिमोचित् (भिडियो सहित)

0 319

पाल्पा । नव गायक सुशिल बस्यालको राष्ट्रप्रेमी गीतको एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण बस्यालले गीतको बिमोचन गर्नुभयो । सो अवसरमा अध्यक्ष बस्यालले गीत संगीतका माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताउनुभयो । उहाँले अझ सचेतनामूलक गीतहरु ल्याउन कलाकार बस्याललाई आग्रह गर्नुभयो ।

गीतमा शब्द तथा स्वर सुशिल बस्यालको रहेको छ । शब्द सम्पादन शंकर बस्यालले गर्नुभएको छ । भिडियो निर्देशन शंकर घिमिरे र छायांकन सुमन कार्कीको रहेको छ । त्यस्तै गीतको संगीत संयोजन खेम गोपालले गर्नुभएको छ । गीतको म्युजिक भिडियोमा पाल्पाली कलाकारहरुको अभिनय रहेको छ ।

गीतको बिमोचन कार्यक्रममा पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंह, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मी, नेपाल पत्रकार महांसघ पाल्पाका अध्यक्ष रेखीराम राना,कलाकार चित्रवलीराम सुवाल, शीत काब्य समाज नेपाल पाल्पाकी अध्यक्ष इन्दिरा ज्ञवाली, धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेल, साहित्यकार नारायण घिमिरे लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन पत्रकार सन्तोष गहतराजले गर्नु भएको थियो । आशिका प्रोडक्सनको प्रस्तुतिमा गित बजारमा आएको हो ।

 

Comments
Loading...