नायरनम्तलेसमा बालबालिकाबीच बिभिन्न प्रतियोगिता सम्पन्न

0 146

पाल्पा । बालबालिकाका लागि सृजनात्मक कार्यक्रम अन्र्तगत बालबालिकाहरुबीच बिभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसमा सम्पन्न भएको छ । बगनासकाली गाउँपालिका–३ नायर वडा कार्यालयको आयोजना र वडा स्तरीय बाल सञ्जालको समन्वयमा नायर स्थित नारायण प्राविमा बिभिन्न प्रतियोगिताहरु सम्पन्न भएको छ । वडा स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सगरमाथा सामुदायिक शैक्षिक प्रतिष्ठानकाको समूह प्रथम, सगरमाथा शैक्षिक प्रतिष्ठानकै समूह द्धितिय र सिद्धि माविको समूह तृतीय भएका छन् ।

त्यस्तै मावि तह बक्तृत्वकला प्रतियोगितामा सिद्धि माविका यज्ञ बहादुर चर्ती प्रथम, सिद्धिकै अञ्जुली घर्ती द्धितिय र सोही बिद्यालयकी सोफिया कँवर तृतीय भएका छन् । त्यस्तै प्राथमिक तह स्तरीय नृत्य प्रतियोगितामा सगरमाथा शैक्षिक प्रतिष्ठानको समूह प्रथम, सिद्धि माविको समूह द्धितिय र बालज्योति प्राविको समूह तृतीय भएका छन् ।

बिजयी बालबालिकाहरुलाई पुस्तकार प्रदान गर्दै वडाअध्यक्ष एवम् बगनासकाली गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापाले यसप्रकारका रचनात्मक कार्यक्रमहरुलाई वडाले महत्व दिएको बताउनुभयो । उहाँले बगनासकाली गाउँपालिका नै पुर्ण बालमैत्री गाउँपालिका भइसकेको अवस्थामा गाउँपालिका मार्फत र वडा मार्फत पनि बालबालिका मैत्री धेरै कार्यक्रमहरु भइरहेको बताउनुभयो ।

कार्यक्रममा वडा सचिव हरिहर गैरेले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि यसप्रकारका कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्दै जाने बताउनुभयो । बाल सञ्जाल नायरकी अध्यक्ष अस्मिता गाहाले बालसञ्जाल मार्फत बालबालिकाहरुलाई लक्षित गरि बिभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो ।

Comments
Loading...