निषेधाज्ञा उल्लंघन गरि सवारी चलाउनुभएको छ ? कारवाही होला नि

0 494

पाल्पा । निषेधाज्ञालाई उल्लंघन गरि सवारी चलाउनेहरुलाई प्रहरीले कारवाही स्वरुपमा सम्वन्धित सवारी साधन नियन्त्रणमा लिन थालेको छ ।

तानसेनमा निधेधाज्ञा उलंघन गरेर सवारी चलाउनेहरु कारवाहीमा परेका छन् । प्रमुख जिल्ला अधिकारीबाट जारी भएको निषेधाज्ञा उल्लंघन हुने गरी चलाएका २२ वटा मोटर साइकल र १ ट्रकलाई तानसेन नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक अन्य सवारी चलाउन र हिडडुल गर्न समेत रोक लगाइएकोमा उनीहरुले त्यसको उलंघन गरेको पाइएकोले कारवाही गरेको प्रहरीले जनाएको छ । कोरोना जोखिम समुदायमा फैलन नदिन पाल्पा प्रशासनले गत भदौ ५ गते राती देखि १२ गते राति १२ बजेसम्म पाल्पामा निषेधाज्ञा गरेको छ ।

सांकेतिक तस्बिर गुगल

Comments
Loading...