धनबहादुर ठाडा । पाल्पा
निस्दी गाउँपालिका अध्यक्षका स्वतन्त्र उम्मेदवार दमन सिंह थापा पाटाले उम्मेदवारी फिर्ता लिनुभएको छ । शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पाटाले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो । पाटाले गएको १२ गते स्वतन्त्रबाट पालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको थियो ।
पाटाले आफु पार्टीको जिम्मेवारी पदमा रहेकोले पार्टीको नीति, सिद्धान्त र निर्णयलाई स्वीकार्दै उम्मेदवारी फिर्ता लिएको बताउनुभएको छ । साथै आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पार्टी र उम्मेदवारहरुलाई जिताउन पुर्ण सहयोग रहने बताउनुभएको छ । पाटा नेकपा एमाले पाल्पा जिल्ला सचिवालय सदस्य एवं निस्दी इन्चार्ज हुनुहुन्छ ।