निस्दीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

0 160

धनबहादुर ठाडा । पाल्पा
निस्दी गाउँपालिका पाल्पामा निशुल्का स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पाल्पाको आयोजना तथा निस्दी गाउँपालिकाको समन्वयमा शिविर भएको हो ।

जनता माध्यमिक विद्यालय गल्धा , ढुंगानावेशीमा भएको २ दिने शिविरमा २ सय ७२ जनाले सेवा लिएका छन । शिविरबाट १ जना कुष्ठ रोगी र १० जनामा शंकास्पद भेटिएको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभएको छ । त्यसैगरी ३ जनामा भिआईए पोजेटिभ , २ जनामा सर्भाइकल पोलिप र १ जनामा सर्भाइकल सिस्ट पत्ता लगाएको छ । शिविरबाट ४ जना महिलाको पाठेघर खस्ने समस्या देखिएको छ । शिविरबाट २ जनाले रिङ प्रेसरी , १ जनाले सिस्टोसिल र २ जनाले इम्प्लान्ट सेवा राखेको संयोजक दिशाले बताउनुभएको छ ।

शिविर जेठ १९ र २० गते दुई दिन चालेको हो । स्वास्थ्य कार्यालय पाल्पाका डाक्टर राजेन्द्र गिरीको अध्यक्षतामा चालेको शिविरमा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु , उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले धन्यवाद प्रकट गर्नुभएको थियो ।

Comments
Loading...