निस्दीमा १२ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ

0 99

धनबहादुर ठाडा । (मित्याल) पाल्पा
निस्दी गाउँपालिकामा क्वारेन्टाइनमा बसेका १२ जनाको आरडिटि टेस्ट नेगेटिभ आएको छ ।


विदेशबाट आएका तथा क्वारेन्टाइनमा बसेका १४ दिन पुगेका व्यक्तिहरुको तालिमप्राप्त स्वास्थकर्मीबाट आरडिटि टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएका सबैजनालाई गाउँपालिकाले घर पठाएको छ । सरस्वती मावि निस्दी ५, गल्धा क्वारेन्टाइनमा बसेका १० जना र गौरीशंकर मावि निस्दी ५, मित्यालको क्वारेन्टाइनमा बसेका २ जना गरि १२ जनालाई गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले धन्यवाद पत्र प्रदान गरि घर पठाए ।


यससँगै निस्दीमा क्वारेन्टाइनमा बस्नेको संख्या ४४ जना रहेको स्वास्थ शाखा संयोजक रेमबहादुर दिशाले बताए । उनीहरुको पनि आरडिटि परीक्षण गरिने उनले बताए ।

Comments
Loading...