निस्दी गाउँपालिकाको चिनारी गीत सार्वजनिक

0 188
धनबहादुर ठाडा
निस्दी गाउँपालिका पाल्पाको चिनारी गीत यो हो निस्दी सार्वजनिक भएको छ । निस्दीको कला , संस्कृति , पर्यटन तथा प्रकृतिलाई प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उदेश्यले गीत बनाएको हो । मगर समुदायको बाहुल्यता रहेको यो पालिकामा मगर संस्कृति परम्परामा भरिपूर्ण छ भने पर्यटकीय क्षेत्रमा पनि अब्बल रहेको देखिन्छ ।
निस्दी गाउँपालिकाको सातै वडाहरुलाई समेटेर तयार परिएको भिडियो डकुमेन्ट्री यो हो निस्दी सार्वजनिक गरेको हो । निस्दीमा रहेको पर्यटकीय क्षेत्र , परम्परागत जीवनशैली , संस्कृति तथा भेषभुषामा आधारित रहेर भिडियो निर्माण गरेको छ । बाकामलाङ्ग , सहलकोट , झिरुबास , मित्याल , गल्धा , अर्चले र ज्यामिरेमा रहेका स्थानीय रहनसहन तथा संस्कृतिलाई भिडियो मार्फत उतारेको देखिन्छ । भिडियोमा झिरुबासको काउले डाँडा , मित्यालको हावाबाट निकालेको बिजुली साथै ज्यामिरेको चुनढुंगाको खानी विषयलाई उठाएको छ । सहलकोटमा जुरे गुफा , सुकेकोट गुफा , अर्चलेको झरना र लेकडाँडालाई भिडियोमा उतारेको छ ।
भिडियोमा बाकामलाङ्गलाई ‘बाँङामलाङ्ग’ र ठूलो पिपल बोटलाई चिनाएको देखिन्छ । गल्धालाई विभिन्न मौलिक संस्कृतिको धरोहर भनेको छ । तेसो त गल्धा घाँटु नाचले प्रख्यात छ । यहाँ ठूलो नाच , झ्याउरे , ठाडो भाका तथा चुटका नचाउने गरिन्छ । सुनारी फिल्मस प्रालिको ब्यानरमा बनेको यो भिडियो निस्दी गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरेको हो । बुद्द्या सुनारी मगरको लेखन तथा निर्देशनमा बनेको भिडियोमा कलाकारहरु धन माया दिसुवा , राज बयम्बु , खेम शाही , झलक सारु , ङन सिंजाली , दिपेश राई लगायतको अभिनय रहेको छ भने मुख्य अभिनय पुजा रास मगरको रहेको छ ।
भिडियोमा स्वर तथा अभिनय निस्दी भित्रकै स्थानीय कलाकारहरुको रहेका छन । भिडियोको छायांकन निस्दीको विभिन्न ठाउँमा गरेको निर्देशक सुनारीले बताउनुभएको छ ।
Comments
Loading...