निस्दी गाउँपालिकामा राहत सामाग्री हस्तान्तरण

0 294

 

पाल्पा । रुम टु रिड नेपालको आर्थिक सहयोग र पछौटेपन उन्मुलन समाज (बेस) नेपालको समन्वयमा निस्दी गाउँपालिकालाई राहत खाद्य सामग्री हस्तान्तरण गरेको छ ।

विश्वव्यापी फैलिएको कोरोना भइरसको संक्रमणले समस्यामा परेका निस्दी गाउँपालिकाका विपन्न ३४ घर परिवारका लागि विभिन्न राहत खाद्य सामग्री गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । सामग्री पछौटेपन उन्मूलन समाज (बेस) नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले गाउँपालिका प्रमुख मुक्तबहादुर सारु र प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्याललाई हस्तान्तरण गरे ।

हस्तान्तरण गरिएको खाद्य सामग्रीमा ३४ घर परिवारका लागि ८ सय ५० किलो चामल, ३४ किलो दाल, ३४ प्याकेट आयोडिन नुन, ३४ लिटर खाने तेल, ३४ वटा साबुन, ६८ किलो च्युरा, ६८० वटा माक्स हस्तान्तरण गरिएको हो । राहत सामग्री ग्रहण गर्दै गाउँपालिका प्रमुख मुक्तबहादुर सारुले सहयोग गर्ने संस्था प्रति धन्यवाद दिए । साथै कोरोना भाइरसले मानिसको दैनिकीमा असर पारेको र विहान वेलुकाश्रम गरि खाने श्रमिकहरु कोरोना भइरसबाट बढी प्रभावपारेकाले रुम टु रिड नेपाल र पछौटेपन उन्मूलन समाज नेपालले गरेको सहयोग अमूल्य रहेको बताए ।
संस्थाबाट प्राप्त सामग्रीलाई गाउँपालिका भित्र विपन्नताको आधारमा वितरण गरिने समेत जानकारी दिए । सामाग्री हस्तान्तरण पछि बोल्दै पछौटेपन उन्मूलन समाज (बेस) नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले विश्वमा फैलिएको कोरोना भइरसले सबैलाई असर पारेको भन्दै संस्थाले ग्रामिण भेगका जनतालाई राहत स्वरुप सामग्री वितरण गरेको बताए ।

राहत सामग्रीले विपन्न घर परिवारको अतिअवश्यक खाद्यान्नमा थोरै भएपनि राहत प्रदान गर्ने विश्वास व्यक्त गरे । कार्यकारी निर्देशक पाण्डेले अझै पनि कोरोना भाइरसको जोम उत्तिकै रहेकाले आगामी दिनमा पनि कारोना भाइरसबाट बच्नका लागि सरकारले तय गरेका स्वास्थ्य मापदण्ड पालन गर्ने र व्यक्तिगत सरसफाइलाई ध्यान दिन पालिका बासीलाई आग्रह समेत गरे । सामग्री हस्तान्तरण कार्यक्रममा निस्दी गाउँपालिकाका उपाध्यक्ष रिताकुमारी अर्याल पालिकाका प्रमुख प्रशाशकीय अधिकृत तथा कर्मचारीहरुको सहभागीता रहेको थियो । रुम टु रिड नेपाल र पछौटेपन उन्मूलन समाज (बेस) नेपालले तिनाउँ गाउँपालिकामा समेत विपन्न ३४ घर परिवारलाई राहत खाद्य सामग्री वितरण गरिसकेको छ ।

Comments
Loading...