नेकपाको प्रशिक्षण कार्यक्रम सम्पन्न

0 212

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तानसेन नगरपालिका वडा नं. ४ को आयोजनामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।


पार्टी वडा कमिटीको एकता पछिको पहिलो प्रशिक्षणमा नेकपाका नेता धनेन्द्रराज घिमिरेले पार्टी विद्यान, संगठानात्मक सिद्धान्त, पार्टी संचालन र गतिविधिका बारे प्रशिक्षण दिएका थिए । साथै पार्टी प्रदेश कमिटी सदस्य एवं संविधानसभा सदस्य नारायणी शर्माले वर्तमान सरकारको काम, उपलब्ध्री र भावी योजनाका बारेमा प्रशिक्षण दिएकी थिइन् ।


प्रशिक्षण कार्यक्रमा पार्टी जिल्ला कमिटी सदस्य प्रतिक्षा सिंजाली र इन्द्रकुमारी गहतराजले आ–आफ्नो धारणा राखेका थिए । प्रशिक्षण कार्यक्रम वडा कमिटी अध्यक्ष महेन्द्र जि.सी.को अध्यक्षता र नारायण बहादु््र कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

Comments
Loading...